सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी | Khabarhub Khabarhub

सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

एमसिसीलगायत विषयमा छलफल बसेको ब‌ैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरू पनि सहभागी छन्। त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले पार्टी नेताहरूसँग बालुवाटारमा आन्तरिक छलफल गरेका थिए । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री समेत रहेका नेता वालकृष्ण खाँण, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी रहेका थिए ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको आजै बिहान बसेको बैठकले निर्णय गरेको छ । यद्यपि सो पार्टीका चार नेताले असहमति जनाएका छन् ।

नेपाली कांग्रेसले एमसीसीको पक्षमा मतदान नगर्ने भए गठबन्धन तोड्न माओवादी र एकीकृत समाजवादीलाई नैतिक दबाब दिएको थियो।यी दुवै दलले एमसीसीको विरोध गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतारेका छन्।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ। सत्तारुढ गठबन्धन सकेसम्म आज नै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : १५ बजे

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ

‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी