सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी « Khabarhub

सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

एमसिसीलगायत विषयमा छलफल बसेको ब‌ैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरू पनि सहभागी छन्। त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले पार्टी नेताहरूसँग बालुवाटारमा आन्तरिक छलफल गरेका थिए । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री समेत रहेका नेता वालकृष्ण खाँण, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी रहेका थिए ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको आजै बिहान बसेको बैठकले निर्णय गरेको छ । यद्यपि सो पार्टीका चार नेताले असहमति जनाएका छन् ।

नेपाली कांग्रेसले एमसीसीको पक्षमा मतदान नगर्ने भए गठबन्धन तोड्न माओवादी र एकीकृत समाजवादीलाई नैतिक दबाब दिएको थियो।यी दुवै दलले एमसीसीको विरोध गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतारेका छन्।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ। सत्तारुढ गठबन्धन सकेसम्म आज नै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : १५ बजे

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी