नायक पल शाह आफैँ प्रहरीकोमा पुग्ने  « Khabarhub

नायक पल शाह आफैँ प्रहरीकोमा पुग्ने 


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह आज प्रहरी कार्यालयमा आफैँ उपस्थित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले प्रहरीसामु आफैँ उपस्थित हुने जानकारी गराएका हुन् ।

गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शनमा आएको आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका छन्।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको उनले बताएका छन्। ‘नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु म आफैँ आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’शाहले लेखेका छन् ।

एक नाबालिग गायिकाका बुबाले प्रहरीमा उनी विरुद्ध जबरजस्ती करणी आरोपमा किटानी जाहेरी दिएका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ३६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको