व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णय « Khabarhub

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णय

आजको प्रतिनिधिसभाको दोस्रो बैठकबाट पारित गरिने


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

‘एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र विशुद्ध आर्थिक विकास परियोजनाको रुपमा मात्र बुझ्छौँ’ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय भएको पौडेलले बताए ।

आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित गर्ने जानकारी दिँदै भने, ‘आजै दोस्रो सेसनमा पारित हुन्छ ।
एमसीसी पारित गराउन एमालेको पनि सकारात्मक भूमिका रहने नेता पौडेलको विश्वास छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : ५५ बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार