युक्रेनलाई अमेरिका र जर्मनीको सैन्य सहयोग, बेलायत कता ? « Khabarhub

युक्रेनलाई अमेरिका र जर्मनीको सैन्य सहयोग, बेलायत कता ?


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ –  युक्रेनमाथि रुसले चौथो दिन पनि हमला जारी राखेको छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेको छ।

बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत र १ लाख २० हजार युक्रेनी विस्थापित भएको रष्ट्रसंघले अनुमान गरेको जनाएको छ। तर, यो संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ।

पूर्वी युक्रेनको दोनेतस्क क्षेत्रमा ४० भन्दा बढी युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको विवरणहरू सार्वजनिक भएका छन् । यसबीचमा अमेरिका र जर्मनीले युक्रेनलाई रुसको प्रतिकार गर्नका लागि सहयोग गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने बताएका छन् ।

विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

जर्मनीले पनि युक्रेनलाई एक हजार हतियार, पाँच सय ‘स्टिङगर’, र सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र उपलब्ध गराउने घोषणा गरेको छ।

रुसी ट्यांकको प्रतिकार गर्न जर्मनीले सो सहयोग प्रदान गर्ने भएको हो । जर्मनीले रुससँगको हवाइ उडान पनि रद्द गर्ने भएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

रुसले पनि लिथुआनिया, लातभिया, इस्टोनिया र स्लोभेनियाका विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

बेलायत कसको समर्थनमा ?

युक्रेनविरुद्ध रुसी हमलामा बेलायती राजकुमार विलियम र उनकी पत्नी डचेस अफ केम्ब्रिज केटले युक्रेनको समर्थन गरेका छन् । एउटा ट्विट राजकुमार विलियम र डचेस अफ केम्ब्रिज केटले आफूहरु हालै भएको युक्रेन भ्रमणको समेत स्मरण गरेका छन् ।

‘भविष्यका लागि उनीहरु लडाइँ गरिरहेका बेला हामी राष्ट्रपति र युक्रेनी जनताको पक्षमा उभिएका छौ,’ उनले ट्विट गरेका छन् । सन् २०२० को अक्टोबरमा आफूहरुले राष्ट्रपति भोलोदिमिर जलेन्स्की र प्रथम महिलासँग भएको रमाइलो भेटघाटसमेत उनले स्मरण गरेका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य राष्ट्र बेलायत युक्रेनमा हाल भइरहेको रुसी हमलाको विरोधी गरिरहेका पश्चिमा साझेधार राष्ट्रहहरुमा महत्वपूर्ण सदस्य हो ।

रुससँग झुक्दैनौ : जेलेन्स्की

युक्रेनी सैनिकहरूले राजधानीमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने बताएका छन् ।

रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि युद्धमा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

शनिबार किभ सहरको दक्षिण पश्चिम क्षेत्रबाहिरको एउटा अग्लो आवासीय भवनमा रुसी सेनाले मिसाइल हमला गरेको त्यहाँका मेयरले बताएका छन् ।

मिसाइलबाट अपार्टमेन्टमा क्षति भएको छ । क्षतिग्रस्त अपार्टमेन्टनजिक दुई विमानस्थल पर्छन् । मिसाइल हमलामा कम्तिमा ६ सर्वसाधारण घाइते भएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १ : १८ बजे

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी