एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ, हामी पक्षमा छौं : महन्थ ठाकुर « Khabarhub

एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ, हामी पक्षमा छौं : महन्थ ठाकुर


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

उनले नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको बताए । नेपालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्नेगरी आउन लागेको अनुदान स्वीकार्नुपर्ने भन्दै उनले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गरे ।

ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा आएको बताए । उनले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झाैता भएकाे दाबी गर्दै यसबाट देशकाे विकास हुने पनि बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : १३ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा