न्याय निरुपणमा न्यायसम्बन्धी आधारभूत मान्यतालाई आत्मसाथ गर्नुपर्छ : राष्ट्रपति भण्डारी « Khabarhub

न्याय निरुपणमा न्यायसम्बन्धी आधारभूत मान्यतालाई आत्मसाथ गर्नुपर्छ : राष्ट्रपति भण्डारी


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।

आइतबार काठमाडौंमा नेपाल बारएशोसिएशनको १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयमा नै न्याय प्रदान गर्न र स्वतन्त्र न्यायापालिकाको मर्म र मान्यतालाई कायम राख्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कानुन व्यवसायीलाई आफूलाई अध्यावधिक गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समता र न्यायपूर्ण समाज निर्माणमा समर्पित हुन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले स्वतन्त्र न्यायपालिका, कानुनको शासन, संधिवानको सर्वाेच्चता, मानवअधिकार र कानुन व्यवसायीको हकहित र न्यायका उपभोक्ताको अपेक्षा पूरा गर्न बार एशोसिएशनले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका र कार्यपालिकाको चरित्र राजनीतिक हुने भएकाले यसका बीचमा यदाकदा उठ्ने अधिकार क्षेत्रसम्बन्धीका विषयमा कानुन व्यवसायीले निष्पक्ष भूमिका खेल्नुपर्ने बताइन् ।

त्यस्तै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गुणस्तरिय कानूनका लागि आफुहरु सचेत रहेको बताइन्। उनले न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउनका लागि आवश्यक कदमका बारेमा सम्मेलनमा छलफल हुने उल्लेख गरिन् ।

सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष ज्येष्ठ कानुनविद् ९५ वर्षीय कृष्णप्रसाद भण्डारीलाई ‘कानुन वङ्मय शताव्दी पुरुष’बाट दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरेकी थिइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : १६ बजे

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी