लिङदेनले भने– एमसीसीका एक–एक दफामा छलफल हुनुपर्छ, जबरजस्ती पारित नगरियोस् « Khabarhub

लिङदेनले भने– एमसीसीका एक–एक दफामा छलफल हुनुपर्छ, जबरजस्ती पारित नगरियोस्


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जबरजस्ती एमसीसी पारित नगर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले कोलाहलको वातावरण जबरजस्ती एमसीसी पास गर्न नहुने बताएका हुन् ।

उनले संसद्ले गर्ने हरेक निर्णय ठिक नहुन सक्ने पनि बताए ।

अध्यक्ष लिङ्देनले एमसीसीलाई निर्णयार्थ प्रस्तुत गर्नुअघि यसका एक–एक दफामा छलफल हुनुपर्ने पनि माग गरे ।

एमसीसीमाथि रहेको आशंका मेटाउन यसका हरेक दफाको बारेमा जनतालाई जानकारी दिनुपर्ने पनि बताए ।

उनले हालै युक्रेनमा देखिएको संकटको चर्चा गर्दै हतारमा कुनै निर्णय नगर्न सरकारलाई सचेतसमेत गराएका छन् ।

उनले भने ‘पाँच वर्षमा सकिने परियोजनालाई संसद्मा पेस गर्नुपर्ने कारण के हो ? यसलाई अन्तर्राष्ट्रिय सन्धि जस्तो मान्यता किन दिइएको हो ?’ जनतालाई जवाफ दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : ४५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा