राष्ट्र निर्माणका लागि नीति निर्माता इमान्दार हुनुपर्छ | Khabarhub Khabarhub

राष्ट्र निर्माणका लागि नीति निर्माता इमान्दार हुनुपर्छ



हाम्रो अर्थतन्त्रको प्रकृति कस्तो छ भन्नेबाट सुरु गरौँ । अनौपाचरिक अर्थतन्त्र झण्डै ५० प्रतिशत जति रहेको छ । सरकारले जति खर्च गरे पनि सही ठाँउमा हुने हो कि होइन ? जनताले जति आर्जन गरे पनि करको दायरामा आउने हो कि होइन ? कसले के गरेको छ भन्ने लेखाजोखा नहुनाले योजनाहरू सम्पन्न नहुने र सरकारले पनि भविष्यमाणी गरेर जान नसकिने अवस्था छ ।

हामी खन्चुवा भएका छौँ । तथ्यले ०७६/७७ माबैंकिङ सेक्टरले उपभोग खर्चको निमिक्त एक खर्ब रुपैयाँ ऋण प्रदान गरेको छ । यसको निरन्तरता ०७७/७८ मा सात खर्ब बराबरको उपभोग खर्च कर्जा भएको रहेछ । यसले पनि के देखाउछ भने हामी खपतको निमित्तबाट एकदम अग्रसर भइराख्ने रहेछौ । उत्पादनको विषयमा बाहिरबाट आउँछ भनेर टारिरहेको छ । कारोबारको सिलसिलालाई हेर्ने हो भने हामीले दिर्घकालीन किसिमको प्रतिफल दिनको निमित्त उद्योगमा जोड दिनुपर्ने हो । तर हामीले भएका उद्योगहरूलाई निजीकरण गरेर सखाप गरिसक्यौ ।

अब लगानी गर्नेहरूले पनि उद्योगमा भन्दा व्यापारमा फाइदा देख्न थाले । व्यापारमा लागेपछि रातरात करोडपति/अर्बपति हुने र उनीहरूले चाहे अनुुसारको काम गर्न सक्ने परिस्थिति हुने रहेछ । यो भनेको के पनि हो भने एक करोड नेपाली रुपैयाँ बराबरको भोलिका लागि कुनै पश्चिमेली औद्योगिक मुलुकमा साटसाट गर्नु पर्यो भने नेपाल राष्ट्र बैंकले सक्दैन । किनभने पुँजी खाता हाम्रो अहिले पनि खुल्ला छैन ।

अब लगानी गर्नेले पनि उद्योगमा भन्दा व्यापारमा फाइदा देख्न थाले । व्यापारमा लागेपछि रातरात करोडपति भएर काम गर्न सक्ने परिस्थिति हुनेरहेछ ।

यसको मतलब मैले नेपाली रुपैयाँ दिएर मलाई डलर चाहियो भन्ने कुरा गर्यो भने दिदैन । तर व्यापारको निमित्त सुन, प्रतिबन्धित सामानहरू बाहेक व्यापार गर्छु भन्यो भने विदेशी मुद्रा दिन्छ । यो भनेको चल्ती खाता पूर्णरूपमा रुपान्तरण योग्य छ भनेको हो । यसकारण अरु कार्यहरू गरेर उत्पादन गर्ने भन्दा व्यापार गर्यो भने छिटो छरितो भइन्छ र शासन सत्तामा बस्नेलाई पनि खुशी पार्न सजिलो हुन्छ भन्ने भयो ।

हामीले केराउ आयत गरेको हिसाब गर्ने हो भने दश वर्षसम्म नेपालीलाई पुग्ने किसिमको आयत गरेको देखिन्छ । त्यसैगरी सुपारीको आयत पनि त्यत्तिकै गरिरहेको छ । केराउलाई औद्योगिक कच्चा पदार्थको नाम दिएर आयत गरिरहेको परिस्थिति छ । हाम्रो निर्यात बढ्नुमा सोयाविन तेल प्रमुख रूपमा रहेको छ। हामीले सोयाविन खासगरी भटमासको कच्चा पदार्थलाई पोल्ट्रीमा दानाको रूपमा प्रयोग गरिन्छ ।

यसलाई औद्योगिक कच्चा पदार्थ मान्ने हो भने एउटा कुरा होला तर ठूलो आकारमा निर्यात गर्ने तेलकै निमित्त कृषिमा लागानी गरेको हो भन्ने बहाना बनाएर भटमास आयत गरेको पाइन्छ । यसलाई चलन चल्तीको भाषामा नीतिगत भ्रष्टचार भनिन्छ । यसरी ल्याउन दिएपछि फाइदाको मार्जीन हेरेर व्यापरीले पनि नीति निर्माता, निणर्य कर्ताहरूलाई दिन सक्ने भयो । यी सबै कुराले गर्दा ट्रेड अग्रपंतिमा आइरहन्छ ।

यहाँ केही कुरा मिलाउन सकेर सामान ठूलो बजार दक्षिणतिर पुर्यान सक्यो भने एउटा पुस्तालाई पुग्ने कमाउन सकिन्छ भन्ने धारणा छ । यसले नीतिहरू निर्देशित भएको जस्तो देखिन्छ । यो एकदम नितान्त छोटो समयसम्मको निमिक्त हुन सक्छ । पञ्चायतकालमा सर्लाहीलाई एकदम दुर्गम क्षेत्र भनि परिभाषित गरेर उद्योग सञ्चालन गर्नका लागि लाइसेन्स दिएको जस्ता कुराहरू छन् । त्यसकारण यो नीतिगत किसिमका कुराहरूलाई ‘बिइङ क्यारिड बाई भेस्टे«ड इन्ट्रेस’ भन्ने गरेको छु । यद्यपि यी सबै कुराहरू नकरात्मक किसिमका कुराहरू हुन् ।

कुन किसिमको विकासको मोडललाई हामीले पछ्याउने भन्ने हो । हामी गरिब भएकाले आफैले फाइनन्सिङ गरेर औद्योगिकरण गर्न सक्दैनौ, भौतिक पूर्वधारहरू निर्माण गर्न सक्दैनौ । तर यसो भनि रहँदा आफ्नो सार्वभौमिक अर्कालाई सुम्पिएर ल्याउनुपर्छ जस्तो लाग्दैन । अहिले लिएको ऋणले भावी पुस्तालाई समेत अफ्ठ्यारोमा पर्ने परिस्थिति आएको छ भने ऋणको विषयमा विचार गर्नुपर्छ ।

वास्तवमा सबैभन्दा इमान्दार भनेको नीति निर्मताहरू हुनुपर्छ । हाम्रोमा नीति निर्माताहरू सबै मध्यस्तकर्ता छन् । ०६२/६३ को जनआन्दोलनपछि कस्ता मान्छे अर्थ मन्त्री भएका छन् हेरौ । पढेलेखेका युवराज खतिवडा पनि त्यत्ति सफल हुन सकेनन् । यस बाहेकका मन्त्रीहरू हिजो एउटा नीति ल्याउछन् र पछि आफैले परिस्कृत गर्नुपर्ने परिस्थितिमा पनि आएका छन् । तर यो परिस्थितीमा पनि मान्छेहरू सफल हुन्छ भन्ने कुरा अन्तराष्ट्रिय एउटा अध्ययनले पनि भनेको पाइन्छ ।

वास्तवमा सबैभन्दा इमान्दार भनेको नीति निर्मताहरू हुनुपर्छ । हाम्रोमा नीति निर्माता सबै मध्यस्तकर्ता छन् । ०६२/६३ को जनआन्दोलनपछि कस्ता मान्छे अर्थ मन्त्री भएका छन् हेरौ ।

जान्ने मान्छेहरू निर्णय गर्न डराउँने रहेछन् । नजान्नेहरूले निर्णय गर्दा नजान्नेले गरेको ठिकै छ भन्ने हुँदो रहेछ । सार्र्वजानिक फोरम प्रयोग गरेर जानेहरूले पनि निर्भिकताका साथ सत्य र तथ्य के हो भन्ने कुराहरू बाहिरा ल्याउनुपर्छ । यो ल्याउन सकियो भने उहाँहरूको इच्छा अनुसारको भए स्वीकार्नु हुन्छ, नभए हुँदैन ।

चिनियाँ परराष्ट्र मन्त्री आउने किन होला भन्ने प्रश्न आउन सक्छ । एमसीसी पारित भएलगत्तै यी सबै कुराहरू भएको हुनाले के प्रभाव पार्न आएको हो भन्ने कुराहरू आउन सक्छ । ती सबै कुराहरूलाई समयमै उनीहरूसँग बसेर छलफल गनुपर्छ । ती नीति निर्माताहरूलाई यसको सकारात्मक पक्ष र नकारात्मक पक्ष के के हुन सक्छ भन्ने ढंगबाट सचेत गराएर केही सार्वजानिक फोरमबाट सर्वसाधारणबाट आयो भने भविष्य विस्तारै बन्दै जानेछ ।

नेपाल सरकारले खर्च गर्न नसकेर आफ्नो ढुकुटीमा नाग राजाले ओगटेको जस्तै गरी राखेको छ । तीन खर्ब रुपैयाँको २० प्रतिशत मात्र खर्च भएको देखिन्छ ।

हालको अवस्थालाई हेर्दा राजस्व मनग्य उठेको छ । नेपाल सरकारले खर्च गर्न नसकेर आफ्नो ढुकुटीमा नाग राजाले ओगटेको जस्तै गरी राखेको छ । तीन खर्ब रुपैयाँको २० प्रतिशत मात्र खर्च भएको देखिन्छ ।

दोस्रो कुरा ‘फरेन्ट डाइरेक्ट इन्भेस्टमेन्ट’ तथ्यांकमा हेर्दा बढेको भनिएकोमा पहिला नै कमिटमेन्ट गरिएका हाइड्रोको परियोजनामा थपिएको कारणले देखिएको रहेछ । तेस्रो पक्ष अहिले पनि दुई/चार जना जम्मा गरेर राजनीतिक पार्टी खोल्ने चलन छ । पार्टी खोलेर बसेकाहरूलाई उनीहरूको सन्धि सर्मपण कहाँनिर छ ? उनीहरूलाई समातेर लाज लाग्ने गरी तपाई हामी बोलौ । त्यसपछि पनि उहाँहरू सचेत हुन्छ कि हुन्न हेरौँ । (नेपालको वर्तमान अर्थ व्यवस्था र विकासका बारेमा प्रस्तुत विचारको सम्पादित अंशः)

प्रस्तुति : पासाङ लामा ह्योल्मो

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ०४ बजे

सात महिनामा साढे ६ लाख पर्यटक नेपाल भित्रिए, जुलाईमा मात्रै ७० हजारको आगमन

काठमाडौं– सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार

माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन

मकवानपुर– मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै