गृह-युद्ध र बढ्दो मानवता विरोधी अपराध | Khabarhub Khabarhub

गृह-युद्ध र बढ्दो मानवता विरोधी अपराध


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१६ महिनापछि इथोपीयाको उत्तरी प्रान्त टीग्रेमा युद्ध विरामको घोषणा भएको छ। युद्ध विरामसँगै युद्ध कालमा भएका ज्यादती र अत्याचारका घटना समेत सार्वजनिक भएका छन्।

हरेक युद्धमा केही त्रासदी र अमानवीय घटना भएकै हुन्छन्। तर, टिग्रेमा केही यस्ता घटना भएका थिए, जुन घटना सुन्नेका आँखा पनि आँसुले रसाउने छन्। टिग्रेको गृह युद्धमा महिलाको बलात्कारलाई युद्धको हतियारको रूपमा समेत प्रयोग गरिएका समाचार सार्वजनिक भएका छन्।

टीग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपीएलएफ) उत्तरबाट दक्षिण तर्फ सरकार अधीनस्थ क्षेत्रमा अगाडी बढी रहँदा त्यहाँको जेमेजेम नामकी एक महिलाको घरमा पुगेको थियो। त्यस पछि ती महिलाले श्रीमान् र सानो छोरा सहित अमराहाको घर छाडेकी थिइन्।

टिग्रेमा केही यस्ता घटना भएका थिए, जुन घटना सुन्नेका आँखा पनि आँसुले रसाउने छन्। टिग्रेको गृह युद्धमा महिलाको बलात्कारलाई युद्धको हतियारको रूपमा प्रयोग गरिएका छन्।

ती परिवार घर फर्किँदै गर्दा अकस्मात् टीग्रीयस लडाकुसँग भेट भएको थियो। मजदुरी गर्ने जेमजेमका श्रीमान् सेनाको व्यक्ति या सुराकी भएको आशङ्कामा अनेकौँ सोधपुछ गर्न थालिएको थियो।

त्यसपछि नै उनलाई नजिकै एउटा घरको नजिक लगेर उनकै बच्चाको अगाडि बलात्कार गरिएको थियो। उनका श्रीमानलाई भने गोली हानेर मारियो।

‘मलाई मेरो बच्चा बेस्सरी रोएको दृश्य याद छ ,’ २६ सेप्टेम्बर २०२१ को त्यो त्रासदीपूर्ण घटना उनी अझै सम्झिरहेकी छिन्, ‘जताततै रगत बगेको थियो। मैले सास फेरि रहेको थिएँ। तर, मलाई म जिउँदो छु भन्ने कहीँ पनि लागेको थिएन।’

एउटा घरको नजिक लगेर उनकै बच्चाको अगाडि बलात्कार गरिएको थियो। उनका श्रीमानलाई भने गोली हानेर मारियो।

इथोपीयाको सरकार र लामो समयदेखि दबाइएको प्रतिपक्षी टिपीएलएफको सन् २०२० को नोभेम्बरको युद्ध सुरु भएको थियो। त्यो समयदेखि त्यहाँ यस्तै विक्षिप्त र सुन्दै कहाली लाग्दा धेरै घटना भएका थिए। यी नै मध्यको एक हो, जेमजेमको जीवनमा आइ परेको दुर्घटना।

गृह युद्धमा हजारौँ मारिए। लाखौँ घरबारबिहीन भए। युद्ध पीडितलाई राज्यले कुनै पनि सहुलियत र क्षतिपूर्ति दिन नसकेपछि यसको सर्वत्र आलोचना भएको थियो। यस घटनामा संलग्न राज्य पक्ष होस या विद्रोही समूह दुवै पक्षबाट गैर न्यायिक हत्या र बलात्कारका घटना भएका थिए।

गत वर्षको अगस्ट महिनामा एमनेस्टी इन्टरनेसनलले इथोपीयाको सरकार र इरिट्रीया तथा अमहराको सुरक्षा दस्ताले टीग्रे महिलालाई लक्षित गर्दै यौन हिंसा गरेको रिपोर्ट सार्वजनिक गरेको थियो।

‘शारीरिक र मनोवैज्ञानिक रूपले ध्वस्त गर्ने क्रममा बलात्कारलाई अन्तिम हतियारको रूपमा प्रयोग गरिएको थियो,’ एमनेस्टीका महासचिव एग्नेस कलामार्डले जानकारी दिए।

अमराहको केही ठाउँलाई निसाना बनाउँदै टिपिएलएफ आबद्ध विद्रोहीले डकैती गर्ने, यातना दिने र बलात्कार गर्ने गरेका थिए। कलामार्डले यी सबै घटना युद्ध अपराध र मानवता विरोधी अपराधको संज्ञा दिएका छन्।

दुई राज्यका हजारौँ युवती यौन हिंसाको सिकार भएपछि उनीहरूको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले खटाएको प्रतिनिधि मण्डलले भने वास्तविक सङ्ख्याको पहिचान गर्न अझै सकेको छैन।

यस विषयमा टिपिएलएफले न्यायिक समिति बनाएर सबै पक्षबाट भएका हिंसाको छानबिन गर्ने कुरामा सहमति जनाइसकेको छ।

दुई राज्यका हजारौँ युवती यौन हिंसाको सिकार भएपछि उनीहरूको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ। संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले खटाएको प्रतिनिधि मण्डलले भने वास्तविक सङ्ख्याको पहिचान गर्न अझै सकेको छैन। युद्धको पहिलो आठ महिनामा टीग्रेमा २ हजार २ सय तथा अमराहमा ९ सय ४० यस्ता घटना भएको जनाइएको थियो।

अमराहको औद्योगिक गाउँ कम्बोल्छा गत वर्षको अक्टोबर र डिसेम्बर महिनामा ६ सातासम्म टिग्रेयस शक्तिको पकडमा थियो। ३५ महिला तथा युवतीले अधिकारी समक्ष आफूहरू यौन हिंसामा परेका भन्दै उजुरी दिएका थिए।

टीग्रेयस शक्तिले सहर कब्जा गर्दा फातीमा रामस्यकल बारमा वेटरको रूपमा कार्यरत थिइन्। ‘तिनीहरू मध्यान्हमा आएर ढोका बन्द गर्न लगाए। उनीहरूले फेरि ढोका खोलेर मदिराको माग गरेपछि हामीले दियौं,’ उनले भनिन् , ‘साँझ उनीहरू सेनासहित आए। हाम्रा कामदारले ढोका खोल्न नमानेपछि उनीहरूले गोली प्रहार गरेका थिए। त्यसपछि नै ती कामदार घाइते भएका थिए।’

फातीमाका अनुसार सोही रात उनी बलात्कृत भइन् भने त्यसको भोलिपल्ट अन्य तीन जनालाई यस्तै घटना भयो। बारमा काम गर्ने अन्य तीन युवती पनि बलात्कृत भए।
यी सबै घटनापछि उनी कम्बोल्छा छाडेर अन्यत्र कुनै ग्रामीण स्थानमा पुगेकी थिइन्। राज्यको सेनाले त्यस स्थानलाई नियन्त्रणमा लिएर टीग्रेयस शक्ति त्यहाँबाट हटेपछि मात्र फातीमा फेरि फर्केर त्यस स्थानमा पुगेकी थिइन्।

उनले कोही साथी भेटेपछि रुँदै त्यो दिन सम्झने गरेकी छिन्। उनी भन्छिन्, ‘सायद म यो घटना अब कहिल्यै पनि बिर्सन सक्दिन।’ उनले सपनामा पनि त्यस घटनासँग सम्बन्धित कुराहरू देख्ने गरेकी छिन्।

डियना वन्डीमु युनिसेफको सहयोगमा सञ्चालित मनो चिकित्सक टोलीकी एक सदस्य हुन्। यसै समूहले कम्बोल्छामा भएको लैङ्गिक हिंसाका पीडितलाई सहयोग गर्ने गरेको छ। बलात्कार पीडितका साथै उनी शारीरिक यातना पाएका अन्य व्यक्तिको सहयोगका लागि पनि सक्रिय छिन्।

‘हामीले यस्ता घटनाबाट पीडित सबै उमेर समूह र सबै सामाजिक पृष्ठभूमिमा भेटेका छौं’ उनले भनिन्, ‘धेरै जनालाई पछि मारिने त होइन भन्ने चिन्ता छ कति जना यसै कारण आइसोलेट भएका बसेका छन्।’

जेमजेमले यो घटना सकिएपछि दोस्रो पटक घर छाडिन्। विस्थापितका लागि बनाइएको क्याम्पमा अहिले उनी सुरक्षित छिन्। त्यो समयमा के भएको थियो भन्ने कुराले उनलाई अझ झस्काइरहेको छ। ‘मेरो छोरासम्म पनि म पुग्न सकिरहेको थिइन’, आँखा भरी आँसु लिएर उनले भनिन्।

अहिले उनी बलात्कार पीडितबाट बचेकाहरू मिलेर नयाँ जीवन सुरु गर्ने कुरामा उत्साहित छन्। सबैको सामूहिक भावनासहित नयाँ जीवनको खोजीमा उनी छिन्। उनको अभियानमा अन्य धेरै बलात्कृतको साथ रहने अपेक्षा छ। बलात्कृत दुई दिदीबहिनी उनकै साथमा हुनेछन् भन्ने कुरामा उनको पूर्ण विश्वास छ।

अहिले उनी बलात्कार पीडितबाट बचेकाहरू मिलेर नयाँ जीवन सुरु गर्ने कुरामा उत्साहित छन्। सबैको सामूहिक भावनासहित नयाँ जीवनको खोजीमा उनी छिन्। उनको अभियानमा अन्य धेरै बलात्कृतको साथ रहने अपेक्षा छ।

उनलाई अहिले पनि छोराकै चिन्ता छ। छोरा माथि नै केही अत्याचार हुने हो कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ। कमसेकम अहिलेसम्म उनको छोरा त साथमा नै छ।
संसारमा गृहयुद्धकलामा यौन अपराध र मानवता विरोधी अपराधका घटना धेरै भएका छन्। यौन अपराध नभएका गृह युद्ध सायद भेटिन मुस्किल नै हुनेछ। तर, पछिल्लो समय यो क्रम अफ्रिकी महादेशमा नै बढी छ। संयुक्त राष्ट्र सङ्घका अनुसार राज्य पक्ष या विद्रोही समूह दुवै पक्षको मिलिसियाबाट यस्ता घटना हुने गरेका छन्।

सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) त पछिल्लो समय यौन अपराधका लागि बदनाम नै भएको छ। राजधानी बंगुइको ५ सय किलोमिटर उत्तर पूर्वमा हरेक दिन दर्जन भन्दा बढी यस्ता घटना भएको रिपोर्टसमेत राष्ट्र सङ्घको छ।

गाउँको कुनै कुनामा बसोबास गरी रहेकी एक १५ वर्षीया बालीका घाँस काटीरहेको समयमा नै बलात्कृत भएकी थिइन्। सैन्य पोसाकमा केही व्यक्ति आएर उनलाई जबरजस्ती गरेका थिए। उनले बारम्बार रोइकराइ गरे पनि यी कुरा कसैले पनि सुनेनन्।

एक महिलालाई खेतमा काम गरी रहेको समयमा नै जबरजस्ती गरिएको थियो। श्रीमानकै अगाडि उनी बलात्कृत भएकी थिइन्।

यस्तै अर्की एक महिलालाई खेतमा काम गरी रहेको समयमा नै जबरजस्ती गरिएको थियो। श्रीमानकै अगाडि उनी बलात्कृत भएकी थिइन्।

एक महिला खेतबारीमा एक्लै काम गरिरहेको समयमा विद्रोही सेनाले सहजै जबरजस्ती गर्ने गरेको बताउँछिन्। सन् २०१३ मा कारमा गृह युद्ध सुरु भएको थियो। गृहयुद्ध सुरु भए यता हरेक साता यस्ता दुखद घटना घटेका छन्। विद्रोही समूहले राष्ट्रपति फाउस्टीन आर्चागे टाउडेरालाई फ्याँक्न विद्रोह जारी राखेका छन्।

त्यस देशमा सन् २०२१ को जनवरीदेखि जुलाईको बिचमा मात्र ६ हजार ३ सय ३६ यौन अपराधका घटना दर्ता नै भएका छन्।

यी अफ्रिकाका केही उदाहरण हुन्। सायद यो अवस्था अन्य धेरै देशमा पनि हुनसक्छ , जहाँ गृह युद्धकै कारण यौन अपराध र मानवता विरोधी अपराधका घटनाले जन जीवन नै असामान्य बनेको छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ४३ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये