कांग्रेस केन्द्रीय समिति बैठक : निर्वाचनमा गठबन्धनबारे छलफल हुँदै « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक : निर्वाचनमा गठबन्धनबारे छलफल हुँदै


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो।

बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए। बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए।

अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए।
गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट हुन्।

गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय हुन्।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ०३ बजे

रिहाई प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ