अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल : जर्मनी र स्पेन विजयी « Khabarhub

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल : जर्मनी र स्पेन विजयी


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन्।

जर्मनीले इजरायललाई २-० अन्तरले हरायो। जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे।

२६ ‌औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए।खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन्।

अर्को खेलमा स्पेनले अल्बानियालाई २-१ अन्तरले हरायो। स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे। अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए।

७५औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। ८५ औँ मिनेटमा उजुनीले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याए। खेलको ९० औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २-१ को जीत दिलाए।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ४० बजे

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन