मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक « Khabarhub

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ ।

निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ ।

स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।

स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।

समाजवादी प्रेस संगठनले पारित गर्यो दुई प्रस्ताव

काठमाडौं– समाजवादी प्रेस संगठन नेपालको जारी केन्द्रीय विस्तारित बैठकमा वरिष्ठ पत्रकार श्याम रिमालले स्थानीय निर्वाचन केन्द्रित सञ्चार रणनीतिसम्बन्धी प्रस्ताव पेस गर्दैछन् ।

पेस भएपछि प्रस्तावमाथि छलफल हुने र आजै पारित हुने उपाध्यक्ष शान्तराम बिडारीले जानकारी दिए । यसअघि शनिबार महासचिव भूपराज खड्काले पेस गरेको संगठनको विधानसम्बन्धी प्रस्ताव पारित भएको छ ।

अध्यक्ष, आठ उपाध्यक्ष, महासचिवलगायत पदाधिकारी सम्मिलित १५१ सदस्यीय केन्द्रीय समिति हुने प्रावधानसहितको विधान पारित भएको हो ।

शनिबार नै वरिष्ठ पत्रकार टंक पन्तले प्रस्तुत गरेको श्रमजीवी पत्रकारको सेवा सुविधालगायत विषय समेटिएको सञ्चारसम्बन्धी समसामयिक प्रस्ताव छलफलपछि पारित भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ३६ बजे

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र