माधव नेपालले भने– ओलीले निलम्बित प्रधानन्यायाधीशसँग गोप्य छलफल गरी संसद् विघटन गरे « Khabarhub

माधव नेपालले भने– ओलीले निलम्बित प्रधानन्यायाधीशसँग गोप्य छलफल गरी संसद् विघटन गरे


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बसेर संसद् विघटनलगायतको योजना बनाएको दाबी गरेका छन् ।

पार्टीनिकट समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठकमा अध्यक्ष नेपालले ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बंकर नै बनाएर निलम्बित प्रधानन्यायाधीश जबरासँग बालुवाटार बङ्करमा बारम्बार भेट गरेको बताए ।

अध्यक्ष नेपालले संसद् विघटन गर्ने पहिलेदेखि सोचेका ओलीले संसद् विघटनदेखि विभिन्न षड्यन्त्रको योजना बनाएको दाबी गरे।

ओलीले राष्ट्रपति, निलम्बित प्रधानन्यायाधीश र तत्कालीन प्रधानसेनापतिसँग बारम्बार भेट्दै संसद् विघटनलगायतको षड्यन्त्र गरेको पनि उनले आरोप लगाए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको अहंकार सत्तामा पुगेपछि बढ्दै गएको र उनी कम्युनिष्टहरूको आवरणमा तानाशाहीसमेत आरोप लगाएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ५९ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल