सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते « Khabarhub

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना४ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट तल खसेकाे हाे । घाइतेकाे उद्धार जारी रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । घटनाकाे थप विवरण भने आउन बाँकी छ ।

बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेकाे प्रहरीकाे प्रहरीकाे आशंका छ । घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १ : ४१ बजे

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र