युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीे यादवको आग्रह | Khabarhub Khabarhub

युवालाई सीप लिएर स्वदेश फर्कन शिक्षा राज्यमन्त्रीे यादवको आग्रह


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी राज्यमन्त्री बोधमाया कुमारी यादवले नेपाली शिक्षित जनशक्ति विदेशिने क्रम बढेको तथा स्वदेश फर्किने क्रम न्यून रहेकोमा चिन्ता व्यक्त गरेकी छन् । ‘विदेश जानेको संख्या बढ्दो छ । तर , हामीले उहाँहरुलाई स्वदेश फर्काउन सकिरहेका छैनौँ’ राज्यमन्त्री यादवले भनिन् । उनले नयाँवानेश्वरस्थित एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेसको उद्घाटन गर्दै स्वदेशमा दक्ष जनशक्ति फिर्ता ल्याउन जुट्नु पर्ने बताइन् ।

‘विदेशमा अध्ययन गर्न जानु राम्रो हो । हामी त्यहाँ लिने शिक्षा र सिक्ने सीपलाई स्वदेशमा उपयोग गर्न सके मात्र यहाँ विकासको नयाँ सम्भावना देखिन्छन्’ राज्यमन्त्री यादवले भनिन् । उनले पछिल्लो समय सरकारले हरेक नगरपालिकामा रहेका दुई शैक्षिक संस्थामा प्राविधिक शिक्षाको व्यवस्था गरेको जनाउँदै केहि नगरपालिकामा पढाउने शिक्षक समेत नपाएको बताइन्।

‘विदेश पढ्न जाँदा धेरै ध्यान पुर्‍याएर जानुपर्छ । विदेश पुगेर ठगिएका विद्यार्थीहरुको गुनासो आउने गरेका छन् । यहाँ (एस पिपुल एजुकेसन) बाट जानेलाई राम्रो गाइड गर्नु होला । शिक्षित भएपछि नेपाल फर्किन प्रेरित गर्नु होला’ राज्यमन्त्री यादवले भनिन् । एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेसका सीईओ रोशन भट्टराईले विद्यार्थीलाई सही सुझाव दिने बताए ।

‘हामीले सिड्नीमा सेवा दिइरहेका छौँ । अब नेपालबाट पनि गाइड गर्ने छौँ। हाम्रो दायित्व विद्यार्थीलाई त्यहाँ पठाएर मात्र सकिंदैन। सिड्नीमा विद्यार्थीलाई चाहिँदा हामी सेवामा हाजिर हुन्छौँ’ सीईओ भट्टराईले भने । उनले आफूहरुले उच्च शिक्षाका लागि अष्ट्रेलिया मात्र पठाउने गरेको बताए । नेपाल शाखा सुभारम्भ समारोहमा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल , गायक उदेश श्रेष्ठ , रंग पत्रकार राजन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : ०८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले