किन अभिनयबाट संन्यास लिँदैछन् आमिर ? | Khabarhub Khabarhub

किन अभिनयबाट संन्यास लिँदैछन् आमिर ?


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता आमिर खानको आफ्नै फ्यान छन् । उनको फिल्मले आक्रामक व्यापार गर्दैन । तर, रफ्तार विस्तारै बढाउँछ। आमिरले फिल्ममा आफूलाई पात्रमै ढाल्ने गर्छन्  । त्यसैले दर्शकका प्रिय छन्, आमिर । तर, उनलाई पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पश्चात पर्दामा देख्न पाइएको छैन । कोरोना भाइरसको महामारीले गर्दा केहि ढिलाई भएको उनको फिल्म ‘लाल सिंह चड्डा’ केहि महिना पश्चात रिलिज हुँदैछ।

यसै बीच उनले एक इभेन्टमा बोल्दै आफुले फिल्म छाड्न लागेको र सन्यास लिने बताएका छन् । ‘विगत दुई वर्ष यता मैंले फिल्म छाड्ने निर्णय लिएर अन्य फिल्म गरेको छैन । मैंले यो कुरा परिवारसँग निकै हिम्मत जुटाएर भने’ आमिरले भने । आइडियाज अफ इन्डिया नामक इभेन्टमा बोल्दै उनले यो कुरा अहिले सार्वजनिक रुपमा नभन्ने सोच रहेको सुनाए ।

‘मैंले अभिनयमा संस्यास लिँदै छु भन्दा मैंले मार्केटिङ गरे भन्ने लाग्न सक्छ’ आमिरले भने ,’त्यसैले म विस्तारै काम गर्न छाड्दै छु । नयाँ फिल्म गर्दै छैन ।’ उनले आउँदो समय आफ्नो परिवारसँग बिताउने बताएका छन् । इभेन्टमा बोल्दै उनले आउँदो समयमा अभिनयसँगै निर्माणमा समेत आफ्नो उपस्थिति नहुने बताएका छन् । उनले यो आफ्नो परिवारलाई सुनाउँदा आँखा रसाएको समेत सुनाए ।

‘मैंले किरण सहित परिवारलाई सुनाउँदा आफ्नै आँखा समेत रसाए । मैंले मनबाटै फिल्म छाडिसकेको थिएँ । त्यहि निर्णय कन्भिन्स गर्ने तरिकाले परिवारलाई सुनाएँ । उनीहरुले मसँग कुनै वाद विवाद गरेनन्’ आमिरले भने । उनले परिवारसँग आफूले समय बिताउन चाहेको बताएका थिए । उनी अब आफ्नो समय परिवारलाई दिन चाहन्थे । त्यहि कुरा सुनाए । यद्दपि पत्नी किरण रावले निर्णयमा फेरी सोच्न आग्रह गरिन् ।

‘किरणले म भित्रको फिल्मलाई चिनेकी छिन् । उनले मसँग रुँदै फिल्मसँग अलग नहुन आग्रह गरिन् । तर, म अब यो सब गर्न चाहँदिन थिएँ ‘ उनले भने । आमिरले यो कुरा परिवार भन्दा बाहिर पनि भन्न चाहेका थिए । तर, फिल्म रिलिज हुने समयमा यस्तो घोषणा उपयुक्त हुँदैन भनेर रोकिए । उनलाई यो मार्केटिङ पोलिसी नलागोस्  भन्ने थियो ।

‘म तपाईंहरूसँग मेरो समय बिताउन चाहन्छु । किरण र उनका आमाबाबु, रीना र उनका आमाबाबु, मेरा छोराछोरी, मेरो परिवार’ आमिरले परिवारलाई कन्भिन्स गरे । उनले आउँदो समयमा फिल्मसँग जोडिएको गतिविधि आफूले नगर्ने समेत बताएका छन् । उनले फिल्म छाड्ने निर्णय लिएपछि छोरी इरा खानसँग काम गरिरहेका छन् । ‘मैंले पछिल्लो ३० वर्षमा परिवारसँग बिताएको समय भन्दा यो तीन महिनामा बढी समय बिताएछु’ आमिरले ठट्यौली शैलीमा भने । उनले मुम्बईमा आइडियाज अफ इण्डिया कार्यक्रममा फिल्म उद्योग छोड्ने योजना बताएको भारतीय मिडियामा उल्लेख छ ।

‘लालसिंह चड्डा रिलिजपछि अबको तीन–चार वर्षसम्म म केही गर्छु भनेर कसैले पत्तै पाउँदैनन् । त्यतिञ्जेल म यहाँबाट हराउने छु । अब आराम गर्ने समय हो’ आमिरले भने । उनले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ आफ्ना फेभरेट हिरो टम ह्यांक्सलाई देखाउने प्रयास समेत गरिरहेका छन् । यो फिल्म टमकै ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । द टर्मिनल, क्याप्टेन फिलिप, कास्ट अ वे लगायतका फिल्ममा अभिनय गरेका टपकै शैली आमिरले पछ्याउने गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : ५३ बजे

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण

चितवन कारागारमा १५० बढी दीर्घरोगी

चितवन– चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ ।

हल्याण्डको सय गोलको कीर्तिमान : बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं – एर्लिङ हल्याण्डले कीर्तिमान कायम राखे पनि म्यानचेस्टर सिटीको

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

काठमाडौं– घरजग्गा कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड

युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको युद्ध विरामको योजनालाई