जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना « Khabarhub

जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायित्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन् ।

उनले स्थानीय तहमा दोहोरिन चाहनेले पनि आफूले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।

देश बनाउने काम प्रत्येक नागरिकको पनि रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले नागरिकलाई देशप्रति उत्तरदायी बनाउने काम जनप्रतिनिधिकै रहेको बताए ।

उनले भ्रमपूर्ण कुराबाट सचेत रहेर विवेकपूर्ण तरिकाले जनप्रतिनिधिको छनौट गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा गाउँ सभा/नगरसभा सञ्चालन तथा कानुन निर्माण प्रकृयासम्बन्धी स्रोत पुस्तिका विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : २३ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति