राजनीतिमा फिल्मकर्मीः भुवनको चर्चा, करण बने लोसपा बाग्मती अध्यक्ष « Khabarhub

राजनीतिमा फिल्मकर्मीः भुवनको चर्चा, करण बने लोसपा बाग्मती अध्यक्ष


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय निर्वाचन नजिकिँदै गर्दा फिल्मकर्मीलाई पनि राजनीति लागिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा पार्टीमा प्रवेश गर्ने र चुनाव सकिएपछि पार्टीमा खासै सक्रिय नहुने फिल्मकर्मीको पुरानै शैली हो ।

केही दिनअघि मात्र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । अभिनेत्री रेखा थापाले पनि आफ्नो सक्रियता राप्रपा नेपालमा देखाइरहेकी छिन् । उनी महाधिवेशनदेखि नै राजनीतिमा सक्रिय छिन् ।

यसैबीच, अभिनेता भुवन केसी पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न लागेको चर्चा चलिरहेको छ । भुवन नेकपा एमालेका कार्यकर्ता हुन् । तर, संविधानसभाको निर्वाचनमा पार्टीले काठमाडौँ क्षेत्र नम्बर १ को टिकट दिएको भोलिपल्टै फिर्ता गरेपछि भने भुवन सक्रिय राजनीतिमा छैनन् ।

पछिल्लो समय उनको दौडधुप चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि थियो । तर, त्यसपछि उनको सक्रियता राजनीतिमा छैन । भुवनले पार्टी प्रवेशको खबरहरू हल्ला मात्र भएको बताउँदै आइरहेका छन् ।

यसैबीच, नेपाली फिल्मका वितरक तथा अभिनेता करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा बाग्मती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् । केही समय यता राजनीतिमा सक्रियता देखाइरहेका करणलाई अघिल्लो वर्ष उपाध्यक्ष पदमा मनोनीत गरिएको थियो ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि करणले आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्ने बताए ।

‘मलाई विश्वास गरेर दिनु भएको जिम्मेवारीलाई पूर्ण रूपमा पालना गर्नेछु ।

म स्थानीय निर्वाचन लक्षित कार्यक्रममा आजबाटै जुटिसकेको छु’ करणले भने । उनले आफ्नो सक्रियता पार्टीमा चुनावकेन्द्रित मात्र नहुने बताए । ‘म राजनीतिको माध्यमले फिल्म क्षेत्रलाई नै केही गर्छु भन्ने लक्ष्य लिएर सक्रियता बढाएको हुँ । यसमा सबैको साथले सफल हुन्छु भन्नेमा विश्वस्त छु’ उनले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : २३ बजे

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७