राजनीतिमा फिल्मकर्मीः भुवनको चर्चा, करण बने लोसपा बाग्मती अध्यक्ष « Khabarhub

राजनीतिमा फिल्मकर्मीः भुवनको चर्चा, करण बने लोसपा बाग्मती अध्यक्ष


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय निर्वाचन नजिकिँदै गर्दा फिल्मकर्मीलाई पनि राजनीति लागिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा पार्टीमा प्रवेश गर्ने र चुनाव सकिएपछि पार्टीमा खासै सक्रिय नहुने फिल्मकर्मीको पुरानै शैली हो ।

केही दिनअघि मात्र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । अभिनेत्री रेखा थापाले पनि आफ्नो सक्रियता राप्रपा नेपालमा देखाइरहेकी छिन् । उनी महाधिवेशनदेखि नै राजनीतिमा सक्रिय छिन् ।

यसैबीच, अभिनेता भुवन केसी पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न लागेको चर्चा चलिरहेको छ । भुवन नेकपा एमालेका कार्यकर्ता हुन् । तर, संविधानसभाको निर्वाचनमा पार्टीले काठमाडौँ क्षेत्र नम्बर १ को टिकट दिएको भोलिपल्टै फिर्ता गरेपछि भने भुवन सक्रिय राजनीतिमा छैनन् ।

पछिल्लो समय उनको दौडधुप चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि थियो । तर, त्यसपछि उनको सक्रियता राजनीतिमा छैन । भुवनले पार्टी प्रवेशको खबरहरू हल्ला मात्र भएको बताउँदै आइरहेका छन् ।

यसैबीच, नेपाली फिल्मका वितरक तथा अभिनेता करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा बाग्मती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् । केही समय यता राजनीतिमा सक्रियता देखाइरहेका करणलाई अघिल्लो वर्ष उपाध्यक्ष पदमा मनोनीत गरिएको थियो ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि करणले आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्ने बताए ।

‘मलाई विश्वास गरेर दिनु भएको जिम्मेवारीलाई पूर्ण रूपमा पालना गर्नेछु ।

म स्थानीय निर्वाचन लक्षित कार्यक्रममा आजबाटै जुटिसकेको छु’ करणले भने । उनले आफ्नो सक्रियता पार्टीमा चुनावकेन्द्रित मात्र नहुने बताए । ‘म राजनीतिको माध्यमले फिल्म क्षेत्रलाई नै केही गर्छु भन्ने लक्ष्य लिएर सक्रियता बढाएको हुँ । यसमा सबैको साथले सफल हुन्छु भन्नेमा विश्वस्त छु’ उनले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : २३ बजे

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति