बनारसको पशुपतिनाथ महादेव मन्दिर : नेपाल–भारत एकताको प्रतिक « Khabarhub

बनारसको पशुपतिनाथ महादेव मन्दिर : नेपाल–भारत एकताको प्रतिक


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र भारतबीच एकताको प्रतिक रहेको पवित्र शहर बनारसमा अवस्थित श्री साम्राज्येश्वर पशुपतिनाथ मन्दिरले हरेक वर्ष कैयौँ श्रद्धालू र पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

विश्वको सबैभन्दा पुराना शहरमध्ये एक बनारस हिन्दू धर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण तीर्थस्थल पनि हो । काशी–विश्वनाथ मन्दिर परिसरमा निर्मित करिडोर गत डिसेम्बर महिनामा खुला गरिएको थियो । त्यसयता त्यहाँ पर्यटकको आगमन बढेको छ ।

काशी विश्वनाथ परियोजनाको पहिलो चरण उद्घाटन भएसँगै अब त्यहाँ श्रद्धालू आउने संख्या पनि बढेको छ भने यस परिसर अझ व्यवस्थित भएको छ । यो परियोजनाले श्री साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिरसहित धेरै धार्मिकस्थललाई फाइदा पुगेको छ ।

नेपाली मन्दिर र मिनी खजुरा हो भनेर चिनिने यो शिव मन्दिरको धेरै ठूलो धार्मिक महत्व छ । १९ औं शताब्दीमा नेपालका राजाद्वारा निर्मित यो मन्दिर काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिरकै प्रतिरुप हो ।

यहाँ दैनिक पूजाआजा हुने गरेको छ भने श्रद्धालूहरु पनि यहाँ दर्शन गरेर हर्षित हुने गरेका छन् । नेपालबाट समेत ठूलो संख्यामा यो मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।

‘बनारसको काशी विश्वनाथ मन्दिरमा दर्शन गर्न आउनेले नेपाली मन्दिर पनि घुम्ने गरेका छन् । हरेक दिन दिउँसो तीन बजेपछि यहाँ लामो लाइन लाग्ने गर्छ ।’ श्रद्धालू अरविन्द मिश्रले भारतको समाचार संस्था एएनआईसँग भने ।

नेपालबाट बनारस दर्शन गर्न आएका श्रद्धालू शिव गौतम भन्छन्, ‘यो मन्दिरले पशुपतिनाथको झल्को दिन्छ । नेपालबाट आउने हरेक दर्शनार्थी अवश्यपनि एकपटक यो मन्दिर छिर्छ ।’

समान धर्म एवम् सँस्कृति रहेका नेपाली मन्दिर दुई मुलुकको सम्बन्धको प्रतिक पनि हो । यसबाहेक कलामा रुची राख्ने धेरै मानिसहरु पनि यहाँ भ्रमण गर्ने गरेका छन् ।

काशी विश्वनाथ मन्दिर करिडोरको निर्माणले नेपाल र भारतका दर्शनार्थीलाई सहज पनि बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि ३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो मन्दिर करिडोरको निर्माणसँगै ५ लाख वर्गफिट बनाइएको बताएका थिए । योसँगै अब त्यहाँ ५ देखि ७ लाख दर्शनार्थीले भ्रमण गर्न सक्नेछन् ।

यो करिडोरले दुई छिमेकी मुलुकबीच जनस्तरको एकता र सँस्कृतिलाई अझ नजिक ल्याउने विश्वास गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउबाले आगामी भारत भ्रमणका क्रममा यो मन्दिरको दर्शन गर्दैछन् । उनले भारतमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री बनेयता उनको यो पहिलो भारत भ्रमण हुनेछ । यसअघिका कार्यकालमा प्रधानमन्त्री रहँदा उनले चार पटक भारत भ्रमण गरिसकेका छन् । उनले सन् २०१७ मा पछिल्लो पटक भारत भ्रमण गरेका थिए ।

यो भ्रमण दुई मुलुकबीच परापूर्वकालदेखि चल्दै आएको शीर्षस्तरको भ्रमणको सिलसिला हुनेछ । यो भ्रमणले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, विकास, व्यापार, स्वास्थ्य क्षेत्रमा सहयोग र आर्थिक साझेदारी लगायतका आपसी हितका विषयमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

(एएनआईबाट)

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ४५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल