‘केजीएफ : च्याप्टर २’ ट्रेलर रिलिज (भीडीयो) « Khabarhub

‘केजीएफ : च्याप्टर २’ ट्रेलर रिलिज (भीडीयो)


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यसवर्षको प्रतिक्षित फिल्म मध्येको एक ‘केजीएफ : च्याप्टर २’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म प्रेमी माँझ निकै प्रतिक्षित ट्रेलर सार्वजनिक भएसँगै यसको भ्युज बढ्दो छ । ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ । पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । किनकी यस पटक दर्शकको अपेक्षा झनै बढेको छ ।

यसै फिल्म मार्फत यश कन्नड फिल्मबाट हुँदै भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । नेपालमा समेत महँगोमा यो फिल्म भित्रिने अनुमान गरिएको छ । यो फिल्मले नेपालमा समेत आक्रामक विजनेश गर्ने अनुमान फिल्म वितरकहरुले गरेका छन् । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, संजय दत्त, रविना टन्डन , प्रकाश राज लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नड फिल्मलाई नै बलिउडमा चिनाएको हो । कन्नड भाषामा बनेको यो फिल्मलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।