‘वाटर एटीएम’ को उद्घाटन, दुई रुपैयाँ दुई सय मिलिलिटर पानी « Khabarhub

‘वाटर एटीएम’ को उद्घाटन, दुई रुपैयाँ दुई सय मिलिलिटर पानी


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । खानेपानीमन्त्री उमाकान्त चौधरीले सबै नेपाली नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढंगले पाउनुपर्ने बताएका छन् ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटीएम’ को आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले जलश्रोतको धनी देश नेपालका हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्न सरकारले कार्ययोजना बनाएर अघि बढिरहेको बताए ।

उनले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बिरामी र कुरुवालाई वाटर एटीएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिडभाड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटीएम जडानको अभियानलाई अघि बढाइने उनले बताए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा वाटर एटीएम जडान गरेको हो ।

वाटर एटीएमबाट उपभोक्ताले परीक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित २ सय मिलिलिटर पाउने छन् ।

बोर्डका वरिष्ठ प्रशासकीय अधिकृत उदय केसीले उपभोक्ताका लागि २४ सै घण्टा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिएको बताए ।

उनले पाँच रुपैयाँमा बजारमा बिक्री भइरहेको मिनरल वाटर जत्तिकै शुद्ध एक लिटर पानी आफ्नै बोतलमा भरेर लिन सकिने बताए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ०३ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न