दीपा र प्रतापले गाए ‘ठगराज’को गीत   « Khabarhub

दीपा र प्रतापले गाए ‘ठगराज’को गीत  


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लक्ष्मण सुवेदीको निर्देशनमा तयार हुने फिल्म ‘ठगराज’ गीत रेकर्डिङ सुरु भएको छ । आइतबार काठमाडौँ स्थित एवान स्टुडियोमा फिल्मको ‘माया बसेको रैछ’ बोलको गीत रेकर्डिङ गरिएको हो ।

गीतलाई दीपा लामा र प्रताप दासले स्वर दिएका छन् । निर्देशक सुवेदीकै शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् ।

गीतको काम विस्तारै सकाइरहेको निर्देशक सुवेदीले बताए । ‘हाम्रो सेड्युल अनुसार नै काम अगाडि बढाइरहेका छौँ । आज रोमान्टिक गीत रेकर्ड गर्यौँ’ निर्देशक सुवेदीले भने ।

रंग पत्रकारबाट फिल्म निर्देशनमा फड्को मारेका सुवेदीको ‘ठगराज’ गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनको प्रस्तुतिमा तयार हुनेछ ।

सामाजिक कथामा कमेडी, प्रेम र सेन्टिमेन्ट मिसाइएको फिल्म जेठबाट छायांकनका लागि फ्लोरमा निस्कने तयारीमा छ । फिल्म ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका सुवेदीले त्यसपछि ‘लाल जोडी’ निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : १६ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न