‘झुम्के बुलाकी’ मा विक्रमसँग विभिया (भिडियो) « Khabarhub

‘झुम्के बुलाकी’ मा विक्रमसँग विभिया (भिडियो)


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘हेल्लो जिन्दगी’ मा समावेश नयाँ गीत सार्वजनिक गरिएको छ ।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्ममा समावेश ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने गायक सिवाकोटीको शब्द तथा संगीत छ ।

बेलायतमा छायांकन भएको गीतको भिडियोमा फिल्मका नायक विक्रम डि जोशी र मोडल विभिया श्रेष्ठका साथै विदेशी कलाकारहरूको अभिनय छ ।

गीतलाई ‘रामलीला’, ‘दबंग २’, ‘एक्सन ज्याक्सन’, ‘बडिगार्ड’ जस्ता फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका बलिउडका विष्णु देवाले कोरियोग्राफी गरेका छन् ।

उनले ‘हेल्लो जिन्दगी’को सम्पूर्ण गीतमा कोरियोग्राफी गरेका हुन् । उनको कोरियोग्राफी र सम्पादन रहेको फिल्मको नयाँ गीत ‘झुम्के बुलाकी’ लाई अरुणप्रसाद अल्बर्टले छायांकन गरेका छन् ।

बेलायत र नेपालमा छायांकन भएको यो फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन् । निर्देशक बोहराकै लेखन रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

नायक समेत रहेका विक्रम डि जोशी फिल्मको निर्माता छन् भने हिराल जोशीले निर्माणमा साथ दिएकी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सविता गुरुङ छिन् ।

फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ३४ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी