सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोज्याे: एमाले | Khabarhub Khabarhub

सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोज्याे: एमाले


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ ।

आइतबार काठमाडौँमा बसेको एमाले स्थायी कमिटी बैठकले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाउदै निर्वाचनलाई प्रभावित पार्ने काम भएको निष्कर्ष निकालेको हो ।

बैठकले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोगको भूमिका अनुचित देखिएको भन्दै मतपत्रको रङ परिवर्तन गरेर हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्चाउन माग गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले महाकाली नदीमा भारतले एकतर्फी निर्माण गरिरहँदा सरकार मौन बसेका भन्दै आपत्ति जनाएको उनले बताए । बैठकले स्थानीय चुनावको प्रतिबद्धता पत्र तयारीका लागि चैत १६ गते हाइब्रिड भर्चुअल बैठक राख्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सत्ता पक्षीय दललाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको बताउनुभयो । आयोगले दलहरूसँग परामर्श नगरी एउटा दललाई फाइदा पुग्ने गरी मतपत्रको रंग बदल्ने, मनोनयन दर्ताको समय दुई दिन दिनेजस्ता निर्णय गरेको उनले बताए ।

अहिले सत्ता गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङयुक्त काम गरिरहेको उनको आरोप छ ।एमालेले केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यहरूले चैत २० गतेसम्म लिखित सुझाव दिनुपर्ने निर्णय गरेको छ । एमालेले वैशाख ९ गते अन्तिम प्रतिबद्धता पत्र सबै पालिकाबाट एकसाथ सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ४८ बजे

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले