सिटीले रियललाई हरायो « Khabarhub

सिटीले रियललाई हरायो


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएको छ ।

म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयो ।

इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुआत २-० को अग्रता गुमाएको थियो । खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए ।

सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १-१ गोल गरे ।

भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे । यस्तै भिनिसिअस जुनियरले १ गोल गरे ।

पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको बिकल्प छैन ।

दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको