सिटीले रियललाई हरायो « Khabarhub

सिटीले रियललाई हरायो


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएको छ ।

म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयो ।

इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुआत २-० को अग्रता गुमाएको थियो । खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए ।

सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १-१ गोल गरे ।

भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टी सहितजम्मा २ गोल गरे । यस्तै भिनिसिअस जुनियरले १ गोल गरे ।

पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको बिकल्प छैन ।

दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ३४ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा