पालिका अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी | Khabarhub Khabarhub

पालिका अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ ।

नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गरेको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए । ‘जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्थाअनुसार थापाविरुद्ध कार्कीको उजुरी परेको हो’, उनले भने।

यस्तै काठेखोला–३ मा महिला सदस्य पदकी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की देउरुपा खड्काविरुद्ध पनि उजुरी परेको अधिकृत कार्कीले जानकारी दिए। सोही वडामा एमालेबाट महिला सदस्यकी उम्मेदवार टुल्कीदेवी खड्काले उजुरी दर्ता गराएकी हुन्।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ०१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु