कुवेतमा एक नेपाली महिलाको मृत्यु « Khabarhub

कुवेतमा एक नेपाली महिलाको मृत्यु


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि घरेलु कामदारको रूपमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । झापा गरामनी ९ घर भएकी ४४ बर्षीय यदु गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।

पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर त्यहाँको जाहारास्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाई लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिल कुमार पाख्रिनका अनुसार मृतक गुरुङ एक महिनादेखि कलेजो क्यान्सर (लिभर क्यान्सर) को उपचाररत थिइन्। उनको उपचारकै क्रममा अमिरी हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको हस्पिटल स्रोतले जानकारी दिएको संघ महासचिव पाख्रिनले बताए ।

उनी कुवेतमा घरेलु कामदारको रूपमा आए पनि आफ्नो स्पोन्सरबाट रिलिज लिएर लेडिज शैलुनमा काम गरिरहेकी थिइन् । उनी नेपालबाट कति समय अघि कुवेत पुगेकी थिइन् भन्ने खुलेको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : १७ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको