सिद्धार्थनगरका वडाध्यक्षसहित तीन जनाले छोडे कांग्रेस « Khabarhub

सिद्धार्थनगरका वडाध्यक्षसहित तीन जनाले छोडे कांग्रेस


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका-७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी त्यागेका हुन् । पार्टी परित्याग गर्नेमा कांग्रेस वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य समेत छन् ।

कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै अब पार्टीको साधारण सदस्यसमेत नरहेको उनीहरुले बताएका छन् । पार्टीमा लामो योगदान गरे पनि नेतृत्वले निर्वाचनका बेला मुल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले पार्टी परित्याग गर्ने‍ निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए ।

यसअघि सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि कांग्रेस नेता मातृका यादवले पनि पार्टी छाडेका थिए । बुटवल उपमहानगरपालिका-३ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै १ सय ५ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ३० बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन