पाकिस्तानमा एक वर्षभित्र निर्वाचन हुँदैन : निर्वाचन आयोग « Khabarhub

पाकिस्तानमा एक वर्षभित्र निर्वाचन हुँदैन : निर्वाचन आयोग


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद – पाकिस्तानको निर्वाचन आयोगले सन् २०२३ को मे अगाडि निर्वाचन गर्न नसक्ने जनाएको छ ।

पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि (अर्ली) निर्वाचनको माग गरिरहेका र निर्वाचन नहुन्जेल सडक प्रदर्शन गर्ने चेतावनी दिइरहेका बेला निर्वाचन आयोगले आगामी वर्षको मेसम्म निर्वाचन गर्न नसकिने जनाएको हो ।

पाकिस्तानमा नयाँ जनगणना केही सातापछि सुरु हुन लागेको र त्यसको नतिजा आएपछि मात्र निर्वाचन गर्न सकिने आयोगले संकेत गरेको छ ।

सातौं जनगणना १ अगस्टबाट सुरु हुने र त्यसको नतिजा यस वर्षको ३१ डिसेम्बरसम्ममा आउने योजना, विकास र विशेष पहल मन्त्रालयबाट १८अप्रिलमा पत्र प्राप्त गरेको आयोगले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

तसर्थ, नयाँ जनगणनाको आधारमा निर्वाचन गराउन आफू संवैधानिक रूपमा बाध्य हुने आयोगले प्रष्ट पारेको छ । यसअघि सन् २०१७ मा जनगणना भएको थियो ।

शहबाज खान नेतृत्वको वर्तमान सरकारले भने चुनावबारे केही बताएको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ५९ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर