शेखर कोइरालाले भने-'असहमति राख्नेको राजनीतिक जीवन समाप्त पारियो'  | Khabarhub Khabarhub

शेखर कोइरालाले भने-‘असहमति राख्नेको राजनीतिक जीवन समाप्त पारियो’ 


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा अन्याय भएको गुनासो गरेका छन् ।

बुधबार वक्तव्य जारी गर्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरू प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।’

जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठहरू नै पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेको भन्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।

‘कैयौँ साथीहरू स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरूलाई कांग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरू भोग्दै छन् ।’

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाट निस्काशन गरेकोतर्फ संकेत गर्दै कोइरालाले भनेका छन्, ‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरू तत्काल अन्त्य हुनुपर्छ।,’

उनले निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नसमेत आह्वान गरेका छन् । स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुने उनको भनाइ छ ।

‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु । निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं । साथीहरूबाट पनि म यही अपेक्षा गर्दछु,’ उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ९ : ५७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः