मोटरसाइकल चोरी गर्ने एक जना प्रहरी नियन्त्रणमा  « Khabarhub

मोटरसाइकल चोरी गर्ने एक जना प्रहरी नियन्त्रणमा 


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ तार्केश्वर नगरपालिका वडा नं ५ लोलाङ हाईटस्थित सडक खण्डबाट वास्तविक नम्वर परिवर्तन लु ६४ प ७३७५ नम्वर कालो निलो २२० सीसीको पल्सर मोटरसाइकल चलाइ रहेको अवस्थामा मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए।

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौँ लोलाङ बस्ने २६ वर्षीय सुदास लामा रहेको जोशीले जानकारी दिए।

उक्त मोटरसाइकलको वास्तविक नम्बर नम्बर बागमती प्रदेश ०२ ( ०२५ प १०१० रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा नं ८ डुकुछाप बस्ने नवराज घिमिरेले निजको घरबाट हराएको यस कार्यालयमा निवेदन दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागि प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : ०३ बजे

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने