छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चितवन, बारा, स्याङ्जा र मोरङमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–३ चुम खोलास्थित सडकमा बागमती प्रदेश ०२–०३३ प ४८११ नम्बरको मोटरसाइकललाई ना.६ ख २३०१ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक अछाम तुरमाखात गाउँपालिका–५ बस्ने २७ वर्षीय भरत शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मुत्यु भएको हो । 

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनस्थित सडकमा बा.३ ख ६२६५ नम्बरको माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५६ वर्षीय लक्ष्मण राई रहेका छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिक लु.२ ख १९४२ नम्बरको ट्रक र ना.५ च २८७३ नम्बरको बोलेरो मंगलबार बेलुकी ठेक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हार बस्ने २५ वर्षीय अजय सहनी छन् ।

स्याङ्जाको हरिनास गाउँपालिका–१ भुटियाखोलास्थित सडकमा ना.६ त १८१९ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ सालडाँडा बस्ने ६६ वर्षीय बुद्ध भुजेल रहेका छन् । 

ट्याक्टरबाट खसेका उनको सोही ट्याक्टरले किच्दा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

मोरङको बुढिगंगा गाउँपालिका–३ शान्ति चोकमा बागमती प्रदेश–०१–०२७ च २२६६ नम्बरको कारले मे.२ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–२ बगवन बस्ने ३० वर्षीय शोभा राजवंशी रहेका छन् । 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : १९ बजे

रास्वपा उपसभापति अर्यालले दर्ता गराए सभामुखमा उम्मेदवारी

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति

डीपी सभामुख बन्दा रास्वपाले कसलाई देला उपसभामुख ? यी दलसँग भइरहेछ संवाद

काठमाडौं– यही चैत २२ गते सभामुख र उपसभामुखको निर्वाचन हुँदैछ।

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको

पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण

झापा– नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्