छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चितवन, बारा, स्याङ्जा र मोरङमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–३ चुम खोलास्थित सडकमा बागमती प्रदेश ०२–०३३ प ४८११ नम्बरको मोटरसाइकललाई ना.६ ख २३०१ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक अछाम तुरमाखात गाउँपालिका–५ बस्ने २७ वर्षीय भरत शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मुत्यु भएको हो । 

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनस्थित सडकमा बा.३ ख ६२६५ नम्बरको माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५६ वर्षीय लक्ष्मण राई रहेका छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिक लु.२ ख १९४२ नम्बरको ट्रक र ना.५ च २८७३ नम्बरको बोलेरो मंगलबार बेलुकी ठेक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हार बस्ने २५ वर्षीय अजय सहनी छन् ।

स्याङ्जाको हरिनास गाउँपालिका–१ भुटियाखोलास्थित सडकमा ना.६ त १८१९ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ सालडाँडा बस्ने ६६ वर्षीय बुद्ध भुजेल रहेका छन् । 

ट्याक्टरबाट खसेका उनको सोही ट्याक्टरले किच्दा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

मोरङको बुढिगंगा गाउँपालिका–३ शान्ति चोकमा बागमती प्रदेश–०१–०२७ च २२६६ नम्बरको कारले मे.२ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–२ बगवन बस्ने ३० वर्षीय शोभा राजवंशी रहेका छन् । 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : १९ बजे

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर

अराजकता हटाउन एमालेको जागरण अभियान

नेकपा (एमाले)ले यतिबेला सिङ्गो मुलुकलाई सामाजिक सद्भावका साथ राष्ट्रिय एकतामा

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काभ्रेपलाञ्चोक– प्रहरीले काभ्रेको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)