सिन्धुपाल्चोकको १२ स्थानीय तहमा २२ सय १८ जना उम्मेदवार « Khabarhub

सिन्धुपाल्चोकको १२ स्थानीय तहमा २२ सय १८ जना उम्मेदवार


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष र प्रमुखका लागि एक सय प्रतिस्पर्धामा होमिएका छन् भने उपप्रमुख उपाध्यक्षमा ६९ को मनोनयन परेको छ । एक सय तीन वडामा चार सय ९५ ले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

महिला सदस्यका लागि तीन सय ८७ जना, दलित महिला सदस्यका लागि तीन सय ४९ जना र खुला सदस्यका लागि आठ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १५ को उम्मेदवारी परेको छ भने जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा सबैभन्दा कम पाँच पाँचले मनोनयन दर्ता गराएका छन् । 

सबै पदमा गरेर सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा  तीन सय १६ को उम्मेदवारी परेको छ । यस्तै, इन्द्रावती गाउँपालिकामा दुई सय ५८ उम्मेदवारी परेको छ भने मेलम्ची नगरमा पनि दुई सय ५८ जनाले नै मनोनयन दर्ता गरेका छन् ।

त्यसपछि क्रमशः बाह्रबिसे नगरपालिकामा एक सय ८७, त्रिपुरासुन्दरी गाउँपालिकामा  एक सय ३८, पाँचपोखरी गाउँपालिकामा एक सय ४३, जुगल गाउँपालिकामा एक सय ४०, भोटेकोशी गाउँपालिकामा एक सय ४४, लिसङखुपाखर गाउँपालिकामा एक सय ७६, बलेफी गाउँपालिकामा एक सय ८५, सुनकोसी गाउँपालिकामा एक सय ४९ जना रहेका छन् ।

सबैभन्दा कम हेलम्बु गाउँपालिकामा एक सय २४ ले उम्मेदवारी दर्ता गराएका छन् । साथै, भोटेकोशी गाउँपालिकामा केही उम्मेदवारीले फिर्ता लिन सक्ने भएकोले यो संख्या भने केही घट्ने सम्भावना छ ।

सबै तहमा गरेर २५ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये कांग्रेस, एमाले, माओवादी लगायत ६ राष्ट्रिय मान्यता प्राप्त दल रहेका छन् । मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादीसहित राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार उतारेको छ । 

माओवादीसँग गठबन्धन गरेको नयाँ राजनीतिक दल एकीकृत समाजवादीले समेत सबै तहमा प्रतिनिधित्व गरेको छ । 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : ३३ बजे

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका