कार्तिक भन्छन् ‘भगवानमा विश्वास छ’ « Khabarhub

कार्तिक भन्छन् ‘भगवानमा विश्वास छ’


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’ केही दिनमा नै रिलिज हुँदैछ ।

 यसको प्रचारप्रसारमा उनले समय दिइरहेका छन् । फिल्म हरर कमेडी रहेकाले उनले त्योसँग सम्बन्धित अनुभव समेत साटिरहेका छन् । उनले एक इभेन्टमा आफूले भगवानलाई विश्वास गर्ने बताएका छन् । ‘म पोजेटिभ र नेगेटिभ इनर्जीलाई मान्छु । किनकी म जहाँ पुग्छु त्यो फिल गर्छु । त्यसैमा म पोजेटिभलाई एञ्जल र नेगेटिभलाई डेविल भन्ने गर्छु’ कार्तिकले भने । उनले आफूले भगवानमा विश्वासका साथै भरोसा गर्ने समेत जनाए । 

यद्यपि आफूले एक्लै हुँदा पनि डर महसुस नगरेको उनको भनाइ छ ।’अध्यारोमा डर फिल्म गरेको छैन । सायद मैले भगवानलाई मान्ने भएकोले होलाु उनले भने । अनिष बज्मी निर्देशित फिल्ममा कमेडी र हरर दृश्यको स्वाद दर्शकले पाउने बताइएको छ । यद्यपि हलमा रिलिज भएसँगै फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा रिलिज हुने भएको छ । नेटफ्लिक्सले महँगो रकममा फिल्म खरिद गरेकाले यसलाई छिट्टै नै डिजिटल रिलिज गर्ने चर्चा बढ्दो छ । 

पछिल्लो समय हल रिलिज भएको केही समयमै ओटीटीमा फिल्म आउने क्रम बढ्दो छ । ‘भूल भुलैया २’ मा कार्तिकसँगै कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ । यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’को सिक्वेल हो । 

उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिशा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो । यद्यपि सिक्वेलमा निर्देशकले नयाँ अनुहारलाई मात्र लिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : १९ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा