दुई गाग्री पानी लिन घन्टौँ खर्चनुपर्ने बाध्यता « Khabarhub

दुई गाग्री पानी लिन घन्टौँ खर्चनुपर्ने बाध्यता


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फर्काउनु पर्छ, पालो पाएमा बल्लतल्ल दुई-तीन गाग्री पानी भर्न पाइन्छ, व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् ।  

यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । विसं ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरे पनि बढ्दो बस्ती विस्तारका कारण पानीको स्रोतले धान्न नसक्दा स्थानीयवासीलाई खानेपानीको व्यवस्थापन गर्न सकस भएको छ । 

धारामा दैनिक पानी नआउने र आएपनि प्रशस्त नआउँदा त्यस क्षेत्रका स्थानीयवासी एक गाग्री पानीका लागि घन्टौँ खर्चन बाध्य छन् । घरनजिकै धारा नभएकाले उनीहरूले पानीका लागि कुवा धाउनुपर्छ । त्यो पनि तीन घन्टाभन्दा बढी समय लगाएर । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरैको भनाइ छ । 

उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनीकाउरा टोलका करिब ४०० घरधुरीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । अघिल्लो निर्वाचनको समयमा जनप्रतिनिधिहरुले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिए पनि जितेर गएपछि बेवास्ता गर्ने गरिएको उनले बताए । 

चुनावको समयमा झुटो आश्वासन बाँडे तर खानेपानीको समस्या  यस्तै छ भोट दिएर गल्ती गरिएको महसुस गर्न थालिएको छ । यस वर्ष जसले हाम्रो समस्या सुनिदिन्छ,  उसैलाई भोट दिने सोच बनाएको स्थानीयवासी बताउँछन् । खानेपानी पानी त पुग्दैन कहाँको नुहाउन धुँवाउन पुगोस् उनले भने, “जीवन धान्न बडो मुस्किल भएको छ ।” 

दरैले भने, “गाउँमा पानी नभएकाले स्थानीयवासीले तीन घन्टा खर्चिएर पँधेराबाट एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता छ ।” उनका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीयवासी बेँसी झर्छन् । खोलानजिक रहेको सानो मूल भएको एउटा कुवा छ । त्यहीँबाट गाउँका स्थानीयवासीले पानी ल्याउँछन् । 

त्यस्तै समस्या सोही वडास्थित पतेनी टोलका बासिन्दाको अवस्था पनि जस्ताको त्यस्तै छ । खानेपानी भर्नका लागि बिहान एकजना जनशक्ति नै खटिनुपर्ने अवस्था रहेको पतेनी टोलका स्थानीयवासी नवराज पौडेलले बताएका छन्। साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लजास्पद कुरा भएको स्थानीयवासी एवम् शिक्षिका अम्बिका बास्तोलाले बताए । 

जिल्लाको दुर्गम बस्तीका घरघरमा पानीको धारा पुगे पनि सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर दूरीमा रहेको उक्त वडाका बासिन्दाले कठिनाइ भोग्दै आएका छन् । पानी भर्न पालो मिच्दा कहिलेकाहीँ झगडा नै हुने गरेको उनले बताए । 

पछिल्लो समय बढ्दो वन–विनाशका कारण पानीका मुहान सुक्दै गएकाले त्यस क्षेत्रमा पानीको समस्या देखिएको हो । लामो समयदेखि खानेपानीको चरम अभाव झेलेका पतेनी टोलवासीले धारामा प्रशस्त पानी आए ठूलो समस्या समाधान हुने आशा बोकेका छन् । 

–रासस

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : ५७ बजे

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

काठमाडौं- विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली

इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको

विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौं– ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई