दुई गाग्री पानी लिन घन्टौँ खर्चनुपर्ने बाध्यता « Khabarhub

दुई गाग्री पानी लिन घन्टौँ खर्चनुपर्ने बाध्यता


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फर्काउनु पर्छ, पालो पाएमा बल्लतल्ल दुई-तीन गाग्री पानी भर्न पाइन्छ, व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् ।  

यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । विसं ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरे पनि बढ्दो बस्ती विस्तारका कारण पानीको स्रोतले धान्न नसक्दा स्थानीयवासीलाई खानेपानीको व्यवस्थापन गर्न सकस भएको छ । 

धारामा दैनिक पानी नआउने र आएपनि प्रशस्त नआउँदा त्यस क्षेत्रका स्थानीयवासी एक गाग्री पानीका लागि घन्टौँ खर्चन बाध्य छन् । घरनजिकै धारा नभएकाले उनीहरूले पानीका लागि कुवा धाउनुपर्छ । त्यो पनि तीन घन्टाभन्दा बढी समय लगाएर । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरैको भनाइ छ । 

उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनीकाउरा टोलका करिब ४०० घरधुरीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । अघिल्लो निर्वाचनको समयमा जनप्रतिनिधिहरुले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिए पनि जितेर गएपछि बेवास्ता गर्ने गरिएको उनले बताए । 

चुनावको समयमा झुटो आश्वासन बाँडे तर खानेपानीको समस्या  यस्तै छ भोट दिएर गल्ती गरिएको महसुस गर्न थालिएको छ । यस वर्ष जसले हाम्रो समस्या सुनिदिन्छ,  उसैलाई भोट दिने सोच बनाएको स्थानीयवासी बताउँछन् । खानेपानी पानी त पुग्दैन कहाँको नुहाउन धुँवाउन पुगोस् उनले भने, “जीवन धान्न बडो मुस्किल भएको छ ।” 

दरैले भने, “गाउँमा पानी नभएकाले स्थानीयवासीले तीन घन्टा खर्चिएर पँधेराबाट एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता छ ।” उनका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीयवासी बेँसी झर्छन् । खोलानजिक रहेको सानो मूल भएको एउटा कुवा छ । त्यहीँबाट गाउँका स्थानीयवासीले पानी ल्याउँछन् । 

त्यस्तै समस्या सोही वडास्थित पतेनी टोलका बासिन्दाको अवस्था पनि जस्ताको त्यस्तै छ । खानेपानी भर्नका लागि बिहान एकजना जनशक्ति नै खटिनुपर्ने अवस्था रहेको पतेनी टोलका स्थानीयवासी नवराज पौडेलले बताएका छन्। साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लजास्पद कुरा भएको स्थानीयवासी एवम् शिक्षिका अम्बिका बास्तोलाले बताए । 

जिल्लाको दुर्गम बस्तीका घरघरमा पानीको धारा पुगे पनि सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर दूरीमा रहेको उक्त वडाका बासिन्दाले कठिनाइ भोग्दै आएका छन् । पानी भर्न पालो मिच्दा कहिलेकाहीँ झगडा नै हुने गरेको उनले बताए । 

पछिल्लो समय बढ्दो वन–विनाशका कारण पानीका मुहान सुक्दै गएकाले त्यस क्षेत्रमा पानीको समस्या देखिएको हो । लामो समयदेखि खानेपानीको चरम अभाव झेलेका पतेनी टोलवासीले धारामा प्रशस्त पानी आए ठूलो समस्या समाधान हुने आशा बोकेका छन् । 

–रासस

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : ५७ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका