घिरौँला, करेला, काँक्रा, सिमी जस्ता तरकारी कौसीमै उत्पादन    | Khabarhub Khabarhub

 घिरौँला, करेला, काँक्रा, सिमी जस्ता तरकारी कौसीमै उत्पादन   


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– लटरम्म फलेका घिरौँला, करेला, काँक्रा, सिमी जस्ता तरकारीले घरका छत भरिएका छन् । 

पाँचतला माथिका छतमा हरियाली फलेका तरकारी देख्दा सबैलाई लोभ्याइरहेको छ । आफूमा इच्छा शक्ति र जाँगर भयो भने छतमै हरियाली तरकारी फलाउन सकिने उदाहरण बनेका छन्, पाल्पा रामपुरका महिलाहरू

फुर्सद मिल्यो कि छतमा जाने तरकारी गोडमेल गर्ने, पानी हाल्ने कार्यमै समय खर्चने गरेको बताउँछिन् , बेझाड बजार बस्ने विन्दु श्रेष्ठ । छतमा लटरम्म फलेका तरकारीले मनलाई प्रफुल्लित बनाउने गरेको उनी भन्छिन् । उनको छतमा सबैजसो तरकारी फलेकै हुन्छ । श्रेष्ठलाई खाली समय त्यसै बिताउन मन लाग्दैन । युट्युब हेरेर छतमा तरकारी लगाउन थालेपछि किनेर खानु नपरेको उनको भनाइ छ । 

जमिनमा लगाएको तरकारीको तुलनामा छिटो उत्पादन लिन पाइने, रोग कीरो कम लाग्ने हुँदा व्यवस्थित तरिकाले खेती गरियो भने तरकारी किन्ने पैसा बचत हुने उनको अनुभव छ । आफ्नो जग्गा नभए पनि घरमा खान पुग्ने तरकारी फलाउन सकिन्छ ।

उनले छतमा तरकारी लगाउन थालेको करिब आठ वर्ष भयो । श्रेष्ठको व्यवसाय देखेर यहाँका अन्य महिलाहरुले पनि छतमा तरकारी फलाउन थालेका छन् । बिहान साँझ खाना पकाउँदा आवश्यक परेका बेला छतमा गएर तरकारी टिप्ने र पकाउने गरिएको बताउँछिन्, जुनु श्रेष्ठ । उनले तरकारीका अलवा छतमा कुखुरापालन, बट्टाइँपालनसमेत गर्छिन् । 

“तरकारीमा मलका लागि कुखुरा र बट्टाइँ पालिएको छ, चारजनाको परिवारलाई छतमै फलेका तरकारीले पुगेको छ, बजारमा कहिलेकाहीँ नयाँ तरकारी पाइयो भने किनिन्छ नत्र घरमै उत्पादन भएकाले पुगेकै छ,” उनले भनिन् ।

पुष्पा श्रेष्ठले काँक्रा, घिरौँला, सिमी, काउली, बन्दा, प्याज, धनियाँ, खुर्सानी, लौका, गोलभेँडा मात्रै होइन आलु पनि छतमै फलाउँछिन् ,। उनको छतमा सबैजसो तरकारी पाइन्छ । मलका लागि कुखुरापालनसमेत गर्छिन् । 

छतमा निस्केर हरियाली तरकारी फलेको देख्दा नि सबै तनाव हटेर जाने र फुर्सदको समय तरकारी गोडमेल गर्ने, लगाउने गर्दा शरीर स्वस्थ भएको छ भने दिनहुँ ताजा–ताजा तरकारी खान पाइएको उनी बताउँछिन् ।  “बजारमा बस्नेहरुलाई करेसाबारी भनेकै छत हो, यसरी तरकारी फलाउन थालेको एक दशक भयो, मेहनत र जाँगर भयो भने तरकारी लगाउन जग्गा नै चाहिँदैन, छतमै आफूलाई खान पुग्ने तरकारी फल्छ,” उनले भनिन्। 

कौसी खेतीसम्बन्धी तालिम लिन पाएमा अझ उत्पादन बढाउन सकिने उनको भनाइ छ । बिना तालिम तरकारी लगाउँदा राम्रै उत्पादन भएको छ भने अब यसलाई विस्तार गर्न प्रविधिको आवश्यक छ । 

रामपुर नगरपालिका क्षेत्रमा मात्रै करिब एक दर्जन घरका छतमा लटरम्म हरियाली तरकारी फलेका छन् । तरकारी किन्ने पैसा बचत भएको छ भने आफूले नै उत्पादन गरेको स्वस्थ ताजा तरकारी खान पाइएको छ । 

कौसी खेती महिलालाई समय बिताउने माध्यम बनेको छ । जग्गाको अभावमा पनि घरायसी प्रयोजनका लागि छतमै तरकारी फलाउन सकिन्छ भन्ने यहाँका महिलाहरु उदाहरणीय बनेका छन् । मेहनत र परिश्रम गरियो भने घरका छतलाई नै करेसाबारी बनाउन सकिन्छ । 

–रासस

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : १२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको