तीन महिनामा कोलम्बियामा ५२ नागरिक अगुवाको हत्या भएको तथ्यांक सार्वजनिक « Khabarhub

तीन महिनामा कोलम्बियामा ५२ नागरिक अगुवाको हत्या भएको तथ्यांक सार्वजनिक


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ  । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो ।

बीबीसीका अनुसार गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो ।

कोलम्बियाको मानवअधिकार समूहका अनुसार अधिकांश योजनाबद्ध ढंगले मारिएका हुन् । उनीहरू लागूपदार्थको तस्करी गर्ने गिरोहलगायत अवैध सशस्त्र समूहहरूको विरुद्धमा थिए । 

अनुगमनकर्ताहरूका अनुसार अधिकारवादीहरू लागि कोलम्बिया विश्वको सबैभन्दा खतरनाकमध्ये एक हो । कोलम्बियाली अखबार एल टिम्पोलका अनुसार मारिनेमध्ये २८ जना भूमि अधिकार र सामुदायिक अधिकारकर्मीहरू, ९ आदिवासी कार्यकर्ता र चार कृषि कार्यकर्ताहरू छन् । पीडितमध्ये ४८ जना पुरुष र ४ जना महिला छन् । 

मारिनेमध्ये १४ वर्षीय किशोर पनि छन्, जसको हत्याले देश नै स्तब्ध बनेको थियो ।  आदिवासी कार्यकर्ता ब्रेनर डेभिड कुकुनेमलाई  जनवरीमा आदिवासी भूमिको रक्षा गर्न खोज्ने निशस्त्र समूहसँग गस्तीमा रहेको बेला गोली हानी मारिएको थियो।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : ०० बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट