रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी « Khabarhub

रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा मनोनयन दर्ता गरेका आठ जना विरुद्ध उजुरी परेको छ ।

आमाछोदिङ्मो गाउँपािलका अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको हो ।

आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमाले उम्मेदवारविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले, कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका छन् ।

यस्तै तीन सदस्य पदका लागि पनि उजुरी दिएको उनको भनाइ छ । ‘सदस्य पदका लागि तीनवटा उजुरी आएको छ, तर अन्य व्यक्तिले गरेका कारण यसको अर्थ रहँदैन,’ उनले भने ।

गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारले उजुरी हालेका छन् । कांग्रेसबाट उम्मेदवार दिएकाविरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

उत्तरगया गाउँपालिका दलित महिला सदस्यविरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : २८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण