समयमा विद्युत्को महसुल नबुझाएको भन्दै उपमहानगरपालिकाको लाइन काटियो | Khabarhub Khabarhub

समयमा विद्युत्को महसुल नबुझाएको भन्दै उपमहानगरपालिकाको लाइन काटियो


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- समयमा विद्युत्को महसुल नबुझाएको भन्दै आज तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार कार्यालयको चार महिना र लामो समयदेखिकोे सडक बत्तीको बक्यौता रकम नबुझाउँदा लाइन काटिएको हो । चार महिनाको महसुल करिब रु डेढ लाख हुन आउछ । सडक बत्तीको रु ८० लाख रुपैया बक्यौता र जरिवानारु १० लाख गरी कूल ९० लाख रहेको विद्युत् प्राविधिकरण वितरण केन्द्र प्रमुख फर्सालले जानकारी दिए।

पटक–पटक विद्युत् महसुल बुझाउन पत्र पठाएको भए पनि त्यसको कुनै प्रतिक्रिया नदिएपछि आफूहरु लाइन काट्न बाध्य भएको केन्द्र प्रमुख फर्सालले बताए। सरकारी कार्यालय भएकाले पत्रको प्रतिक्रिया दिएर महसुल तिर्ने प्रतिबद्धता जनाएको भए पनि सहज हुने तर त्यसो पनि गरिएन उनले भने ।

विद्युत् वितरण केन्द्रले उपमहानगरपालिकाले सडक बत्ती र कार्यालयको महसुल नबुझाउँदासम्म बत्ती जडान नगर्नेसमेत जनाएको छ । उता उपमहानगरपालिकाको विद्युत् लाइन काट्दा सेवा प्रवाहमा भने समस्या देखिन थालेको छ । उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार अहिले जेनेरेटर चलाएर काम चलाइएको छ ।

तर, सधैँ यसरी जेनेरेटर प्रयोग गर्न सकिने अवस्था भने छैन् । सडक बत्तीको यो विषय कानुनी रुपमा पनि जटिल भएकाले समस्या रहेको सूचना अधिकारी न्यौपानेले बताए। “सङ्घीय सरकारले हाम्रो सडक भन्छ, सङ्घीय सरकारको सडकमा भएका सडक बत्तीको फेरि हामीले महसुल तिर्नुपर्ने”, उनले भने,“यो विषयमा पटक–पटक छलफल पनि भएको हो, तर आज आएर लाइन काट्नु भएछ ।” केन्द्रले स्थानीय तहको क्षेत्रमा आफ्ना संरचना बनाएको अवस्थामा स्थानीय तहलाई कर नतिर्ने तर, उनको क्षेत्रमा बालेको बत्तीमा स्थानीय तहले तिर्नुपर्ने भन्ने कुरा अमिल्दो भएको समेत उनले बताए ।

उनले मुख्य सडकमा राखिएको सडक बत्तीहरु सङ्घीय सरकार र प्रदेश सरकारले हेर्ने र साना सडकमा जडान गरिएका बत्ती स्थानीय सरकारको मातहतमा रहेकाले महसुल बुझाउन समस्या भएको समेत बताए। तुलसीपुरमा सरकारी कार्यालयको विद्युत् काटेको भने यो पहिलो पटक हो । विद्युत् वितरण केन्द्रले केही समययता अन्य व्यक्तिगत तथा संस्थागत समेत गरी एक हजार दुई सय ग्राहकको लाइन काटेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : १८ बजे

आज बुधबार : कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने

आज २०८० साल मंसिर १३ गते बुधबारको राशिफल

काठमाडौं- आज २०८० साल मंसिर १३ गते बुधबार। ज्योतिष शास्त्रमा

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१