नेप्से परिसूचकमा झिनो सुधार « Khabarhub

नेप्से परिसूचकमा झिनो सुधार


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५.१७ अङ्कले सुधार भई दुई हजार ३७६.१७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६१ अङ्कले उकालो लागेर ४५४.५६ मा पुगेको छ ।

    कूल २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर रु एक अर्ब आठ करोड ९९ लाख दुई हजार ३६ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८० अर्ब आठ करोड ७० लाख ७० हजार बराबर पुगेको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर मूल्य ओरालो लागेको भने नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २.५८, व्यापार ५.३९, लघुवित्त ३.५५ र सामूहिक लगानीकोष ०.१ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन ३६.७४, विकास बैंक ७५.०१, जलविद्युत् १४, वित्त १४.४९, निर्जीवन बीमा ३०.६९, उत्पादन २२.३४, अन्य ११.३, जीवन बीमा ०.२४ र लगानी ०.३ अङ्कले उकालो लागेको छ ।

    कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड २१ लाख १३ हजार ३३२ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु तीन करोड ८० लाख ५० हजार ५९९, नेपाल फाइनान्स रु तीन करोड ३६ लाख दुई हजार ६४४, नबिल बैंक रु तीन करोड २६ लाख ४८ हजार ४२२ र एनआइसी एशिया बैंक रु दुई करोड ८८ लाख ३९ हजार ५७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेपाल फाइनान्स ६.८२, राधी विद्युत् कम्पनी ५.५४, ङादी ग्रुप अफ पावर ४.६५ र माहुली लघुवित्तका शेयरधनीले ३.८८ प्रतिशतले कमाए । त्यस्त, सानिमा इक्विटी फण्ड ३.८८, सानिमा लार्ज क्याप ३.३७, माउण्टेन इनर्जी नेपाल ३.१८, मानुषी लघुवित्त ३.११ र साना किसान विकास लघुवित्तका लगानकिर्ताले २.९१ प्रतिशतले गुमाए । 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : २८ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा