समाचार

कोरोना अपडेट : थप ११ जनामा कोरोना संक्रमण

By खबरहब

April 27, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्‍यु भएको छैन भने १७ जना निको भएका छन्।

हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।