सिरियामा मानवीय अवस्था गम्भीर रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन « Khabarhub

सिरियामा मानवीय अवस्था गम्भीर रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सिरियामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको बताएका हुन् । उनले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् ।

सिरियामा पछिल्ला वर्षहरूमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उनको भनाइ छ । सन् २०११ बाट सुरु भएको सरकार विरोधी आन्दोलनपछि सिरियामा गृहयुद्धमा फसेको छ ।

त्यसयता सिरियामा आर्थिक संकट निम्तिएको भन्दै सिरियाका अधिकारीहरूले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् ।

संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियालीहरुले खानाकै लागि संघर्ष गर्नु परिरहेको, खाद्यान्न औषधिजस्तो आधारभूत आवश्यकताहरूको पनि चरम अभाव रहेको तथा राजनीतिक संकट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नु परेको अवस्था रहेको बताएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : १८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका