टिपर, बस र कार ठोक्किँदा २८ जना घाइते « Khabarhub

टिपर, बस र कार ठोक्किँदा २८ जना घाइते


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जङ्गलमा ट्रिपर, बस र कार आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन् । 

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस र  बिएए ०६८४  नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् । 

आपसमा ठोक्किँदा बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको