कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका | Khabarhub Khabarhub

कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुने ७५औं कान्स फिल्म फेस्टिभलको जुरीमा बलिउड अभिनेत्री दीपिका पादुकोण रहने भएकी छिन् ।

 फ्रान्सेली अभिनेता विन्सेट लिन्डनले जुरीको अध्यक्षता गर्ने सदस्यहरूमा दीपिकासहित इरानी फिल्म निर्माता असघर फरहादी, स्वीडिस अभिनेत्री नुमी र्‍यापेस, अभिनेत्री, लेखक तथा निर्माता रेबेका हल, इटालियन अभिनेत्री ज्यास्मिन ट्रिन्का, फ्रान्सेली निर्देशक जेफ निकोल्स र नर्वेका निर्देशक जोआचिम ट्रायर रहेका छन् ।

कान्स फिल्म फेस्टिभलले उनलाई आठ सदस्यीय जुरीमा समावेश गर्ने घोषणा गरेको हो । दीपिकाको पछिल्लो फिल्म ‘गहराइयाँ’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । दीपिका अभिनीत प्रभासँगको अनटाइटल प्रोजेक्ट, ऋतिक रोशनसँगको फिल्म फाइटर प्रतीक्षित छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २४ बजे

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ ।

गीत घरदेशी, व्यथा परदेशी 

नौ सय खोला तरेर जाने बिर्सने पो हो कि, मलाई

काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज

काठमाडौँमा आजदेखि कला उत्सव सुरु हुँदै

काठमाडौँ– काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो

नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै