अपराध

गर्भवतीलाई करणी गरी फरार अभियुक्त पक्राउ

By खबरहब

April 27, 2022

काठमाडौँ– गर्भवतीलाई जबरजस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।

कैलाली लम्कीचुहा–२ मोतीपुर निवासी हाल काठमाडौँ चन्द्रागिरी–२ नागढुंगा बस्ने ३५ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले मंगलबार दिउँसो नागढुंगाबाट पक्राउ गरेको जनाएको छ ।

शाहीले गत वैशाख ८ गते नागढुंगास्थित घरमा एक गर्भवतीलाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनालगतै उनी फरार भएका थिए । आवश्यक अनुसन्धानका लागि अभियुक्त शाहीलाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।