राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी « Khabarhub

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ ।  

आजको बैठकमा राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिकरुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औँल्याए । उनले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको निरन्तरता दिएकामा प्रशंसनीय गर्दै प्राङ्गारिक मल कारखाना स्थापना गर्नसमेत सरकारको ध्यानाकर्षण गराए ।

सदस्य कृष्णप्रसाद पौडेलले नीति कार्यक्रममा समयमै पुँजीगत खर्च गर्ने गरी ऐन बनाउने, गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र प्रदान गरी जीविकोपार्जन स्तरोन्नति गर्ने, पुँजीबजार आकर्षण बढाउने, बीमा रकमलाई स्वरोजगार र उत्पादनसँग जोड्ने लगायतका कार्यक्रम निकै राम्रा रहेको जनाउँदै कृषिमा आपूर्तिको ‘चेन’ बनाउन सुझावसमेत दिए ।

 सदस्य दिलकुमारी रावल थापाले नीति तथा कार्यक्रमले जनतामा खास उत्साह ल्याउन नसकेको आरोप ग। पुँजीगत खर्च किन हुन सकेन भन्दै उनले भ्रष्टाचारसँग जोडिएका सबै मुद्दामाथिको छानबिन अघि बढाउन सरकारसँग मागसमेत गरे ।

सदस्य तारामान स्वाँरले कोभिडले थला पारेको अर्थतन्त्र तंग्रिन नपाउँदै रुस–युक्रेन युद्धको असरले थप सङ्कटमा परेको बेला र चुनौती थपिएका समयमा नीति तथा कार्यक्रम वस्तुनिष्ठ र यथार्थपरक ढङ्गले आएको बताए । उनले शान्तिप्रक्रियाका बाँकी काम यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी कार्यक्रम राख्न र रासायनिक मलको आपूर्तिको समस्या सधैँका लागि समाधान गर्न सुझाव दिए । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : १७ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा