गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरूको माग « Khabarhub

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरूको माग


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । 

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबार तोकिएको थियो ।  

आजको बैठकमा राष्ट्रियसभा सांसद मदनकुमारी शाह (गरिमा) ले समग्रमा नीति तथा कार्यक्रम आमरूपमा सकारात्मक रहेको बताउँदै सबै क्षेत्र निजी क्षेत्रलाई दिनेभन्दा पनि सार्वजनिक क्षेत्र सुधारका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । उनले कैलालीको गेटामा रहेको मेडिकल कलेजको ९० प्रतिशत काम सम्पन्न भइसकेको सन्दर्भमा सञ्चालनका लागि नीति तथा कार्यक्रममा उल्लेख नभएकामा सुदूरपश्चिमवासी दुःखी भएकासमेत बताए ।

सांसद नारायणदत्त मिश्रले नीति तथा कार्यक्रममा पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत राम्रा कार्यक्रम रहेको उल्लेख गर्दै सरकारले किसानलाई अनुदानको व्यवस्था पर्याप्त गरेपनि खास किसानसम्म अनुदान नपुग्ने प्रवृत्तिमा सुधारको आवश्यकता रहेको बताए । उनले कैलालीको गेटामा निर्माण सम्पन्न हुने क्रममा रहेको मेडिकल कलेज यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउनसमेत माग गरे । 

सांसद सोनाम गेल्जेन शेर्पाले श्रमिकको सम्मान गर्न विशेष कार्यक्रम ल्याउन सुझाव दिँदै उनले नीति कार्यक्रममा विद्युत् उत्पादनमा जोड नदिएकोप्रति टिप्पणी गरे । नीति तथा कार्यक्रमले समतामूलक विकासको अवधारणालाई प्राथमिकतामा नराखेको उनको भनाइ छ । सांसद नरबहादुर विष्टले नीति तथा कार्यक्रमले मुख्य गरी कृषि र ऊर्जालाई जोड दिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा जोड दिए। 

सांसद गोपाल भट्टराईले स्थानीय तहको निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको टिप्पणी गरे । काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई जतिसक्दो चाँडो सक्नेगरी बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । सांसद उदयबहादुर बोहरा नीति तथा कार्यक्रम जनमुखी, प्रगतिशील, समाजवादउन्मुख रहेको बताउँदै संघीयतालाई बलियो बनाउन बाँकी कानुन छिट्टै निर्माण गर्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा भत्ता बढाउँदै अन्य सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रम ल्याउनुपर्ने माग गरे । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : ४३ बजे

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ । आईसीसी

जेन-जी घाइतेको विवरण सार्वजनिक

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका