नेकपा एमालेका सांसदहरुद्वारा प्रतिनिधिसभा अवरुद्ध « Khabarhub

नेकपा एमालेका सांसदहरुद्वारा प्रतिनिधिसभा अवरुद्ध


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् । No description available.शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडुले बिहीबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि बताए । त्यसपछि एमालेका सांसदहरुले मन्त्रीले गैरजिम्मेवारीपूर्वक बोलेको भन्दै विरोध जनाएका थिए ।No description available.एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतामाथि अप्रमाणित कुरा गरेर संसदको गरिमा घटाउने काम गरेको आरोप लगाए । एमाले सांसदहरुले मन्त्री बडुले आफ्ना शब्द फिर्ता लिनुपर्ने माग गर्दै उठेर विरोध जनाएपछि सभामुख अग्नी सापकोटाले केहिबेरको लागि बैठक स्थगित गरेका थिए ।  त्यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउँदै मन्त्री बडुले कर समायोजनको विषयको प्रस्ताव अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका थिए ।

आयल निगमको घाटा कम गर्न तथा यसको अल्पकालीन तथा दीर्घकालीन विकल्प र व्यवसाय विविधीकरणसहितको विषयमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एक उच्चस्तरीय अध्ययन समिति समेत बनाएको उनले जानकारी दिए । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ३२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी